बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नेपाल लाइफको १ करोड ७९ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, सेयरधनीको खातामा कहिले आउँछ?

बिहीबार , जेठ २६ २०७९
नेपाल लाइफको १ करोड ७९ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, सेयरधनीको खातामा कहिले आउँछ?

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ। बिहीबार नेप्सेमा इन्स्योरेन्सको कुल एक करोड ७९ हजार ९५८.९३ कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई वितरण भएको हो। 

कम्पनीले कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

सोही बापतको बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो। सेयरधनीको खातामा आउने साता मात्रै आउने भएकोले त्यसपछि मात्रै सेयरधनीले दोस्रो बजारमा कारोबार गर्न पाउने छन्।


प्रकाशित : बिहीबार , जेठ २६ २०७९१२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend