शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

भारतले पहिलोपटक भैरहवा प्रवेश बिन्दुबाटै कसरी दियो जहाज प्रवेशको अनुमति?

images
शुक्रबार, जेठ २७ २०७९
images
भारतले पहिलोपटक भैरहवा प्रवेश बिन्दुबाटै कसरी दियो जहाज प्रवेशको अनुमति?
images
images

काठमाडौं- भारतले युरोप तथा अमेरिकाबाट नेपाल आउने जहाजका लागि सिमरा बिन्दुबाट मात्रै जहाज प्रवेश गर्न दिँदै आएको छ।

images
images
images

सिमराबाट प्रवेश भएका जहाज नै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने गरेको छन्। नेपालले महेन्द्रनगर, नेपालगञ्ज तथा पश्चिम नेपालको हवाई प्रवेश बिन्दु मागेपनि भारतले सुरक्षाको विषय उठाउँदै जहाज प्रवेश बिन्दु दिएको छैन।

images
images

प्रवेश बिन्दु नदिएकै कारण युरोप तथा अमेरिका (पश्चिम  तर्फ)बाट आउने जहाज सिमरा बिन्दुबाट नै प्रवेश हुनपर्ने बाध्यता छ।

images
images

नेपाललाई भारतीय पक्षले पश्चिम नेपालबाट हवाई प्रवेश बिन्दु दिने विषय बारम्बार छल्दै आएको छ। तर भारतीय पक्ष भैरहवा विमानस्थलको पूर्व पारेर रुट दिन भने केही सकारात्मक थियो। तर भारतले भारतीय एयर स्पेशबाट नेपाल प्रवेश गर्दै गर्दा जहाज २४ हजार फिटभन्दा माथिबाट प्रवेश हुनपर्ने सर्त अगाडि सारेको थियो। सर्तको विषयमा दुईपक्षी सहमति जुटेको छैन। औपचारिक रुपमा भारतले भैरहवा प्रवेश बिन्दुबाट जहाज नेपाल प्रवेश गर्न दिएको थिएन। तर बुधबार कुवेतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भरेको जजिरा एयरको जहाजलाई भने भारतले भैरहवा प्रवेश बिन्दुबाट नै नेपाल प्रवेश गर्न दिएको हो।

pln1.jpg

अहिले काठमाडौंबाट उडान भरेर बाहिर जाने प्रवेश बिन्दु ब्राभो ३४५ (लुम्सी) बिन्दुबाटै जहाजलाई नेपाल प्रवेश दिएको हो। भारतीय पक्षसँग गौतम बुद्ध विमानस्थल टावरले प्रवेश बिन्दुबाट जहाज प्रवेशका लागि अनुमति मागेको पनि थिएन। जहाज उडान गर्ने पाइलटले नै सिमरा क्षेत्रबाट प्रवेश गरी गौतम बुद्ध जाने रुटमा मौसम खराब रहेको भन्दै भारतीय विभिन्न विमानस्थलको टावरसँग सम्पर्क गरेर प्रवेश अनुमति लिएको विमानस्थल स्रोतको भनाइ छ। भारतीय पक्षले २४ हजारको सर्त राखेकै ठाउँबाट जजिराको जहाजलाई १२ हजार ५ सय फिटबाटै नेपाल प्रवेश दिएको थियो। 

तर भारतीय पक्षले सधैँका लागि भने भैरहवा प्रवेश बिन्दु दिएको होइन। आपतकालीन अवस्थामा मात्र अनुमति दिएको हो। 

भारतीय पक्षले जहाज प्रवेश दिएको बिन्दुबाट नेपाल प्रवेश गरेको जजिरा एयरको जहाजले नेपाली भूमीमा एक फन्को लगाएर विमानस्थलमा अवतरण गरेको थियो।

गौतम बुद्ध विमानस्थल आउने जहाजका लागि भारतीय पक्षले २४ हजारकै फिटमा प्रवेश बिन्दु दिएको अवस्थामा पनि जहाजले नेपाली एयर स्पेशमा ३ फन्को लगाएर जहाज विमानस्थलमा अवतरण गर्नुपर्छ। यसो गर्दा पनि २५ मिनेटको समय बचत हुन्छ। झन कम उचाइबाट प्रवेश बिन्दु दिने हो भने सहजता हुने छ। एयरलाइन्स कम्पनीको लागत पनि कम हुन्छ। जसबाट यात्रुलाई समेत फाइदा हुन्छ।


प्रकाशित : शुक्रबार, जेठ २७ २०७९००:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend