आइतबार, मंसिर ९ गते २०८१    
images
images

सिभिललाई हिमालयन बैंकको मर्जर प्रस्ताव, स्वाप रेसियाे कतिमा टुंगाे लाग्ला?

images
शुक्रबार, जेठ २७ २०७९
images
images
सिभिललाई हिमालयन बैंकको मर्जर प्रस्ताव, स्वाप रेसियाे कतिमा टुंगाे लाग्ला?
images
images

काठमाडौं- वाणिज्य बैंकहरू आगामी असार मसान्तसम्म पनि मर्जरमा जान तयार नभए कडा नीति लिने नेपाल राष्ट्र बैंकले संकेत गरेसँगै मर्जरको एजेन्डा फेरि चर्चामा छ।

images
images
images

नाफा र सूचकमा आक्रामक विस्तार गरेको सिभिल बैंक सम्मानजक मर्जरको पक्षमा रहेको छ। सोही क्रममा इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएको हिमालयन बैंकसँग सिभिल बैंकको मर्जरको छलफल अन्तिम चरणमा पुगेको छ। हिमालयनले सिभिल बैंकलाई मर्जरको लागि प्रस्ताव गरेको छ। 

images

स्वाप रेसियोमा छलफल चलिरहेको र त्यसमा सहमति भएमा असार मसान्तअगावै मर्जरको सम्झौता गर्ने तयारी दुवै बैंकको व्यवस्थापनको तयारी छ। यता हिमालयनसँग मर्जर भाँडिएको इन्भेष्टमेन्ट बैंकले भने मेगा बैंकसँगको मर्जरलाई अन्तिम रुप दिँदैछ।

images

सिभिल र हिमालयन बैंक मर्जर हुँदा स्वाप रेसियो अहिलेसम्म फाइनल नभएपनि १००ः९५ बाट छलफल सुरु भएको छ। सिभिल व्यवस्थापनले हिमालयनसँग १००ः९५ रेसियो मागेको छ। यता हिमालयन पक्षले भने ८५ को रेसियो दिनेगरी छलफल गरेको छ। सिभिल बैंकले भने ९० भन्दा घटिको रेसियोमा मर्जरमा नजाने नीति लिएको छ।   
 
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई निर्देशन दिएका थिए। गभर्नर अधिकारीले मर्जरमा नजाने बैंकहरूलाई अब आउने मौद्रित नीतिमार्फत सुविधा कटौती गर्नेसम्मको चेतावनी दिएका थिए। 

राष्ट्र बैंकको इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययन प्रतिवेदन गत महिना सार्वजनिक गर्दै नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीति मार्फत घटाउने र बलिया बैंक बनानुपर्ने निष्कर्ष निकालेको थियो।  

२२ अर्ब चुक्ता पुँजीको बैंक 

हिमालयन र सिभिल मर्जर भएमा दुई बैंकको चुक्ता पुँजी २२ अर्ब हुने छ। चुक्ता पुँजीको हिसाबले ग्लोबल आईएमईपछिको दोस्रो बैंक हुने छ। सिभिल बैंकले ८० प्रतिशतले नाफा बढाएको थियो। बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार ९० करोड नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ५० करोड थियो।

सिभिल बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड रहेको छ।  वित्तीय विवरणअनुसार सिभिल बैंकको ईपीएस १३ रुपैयाँ २८ पैसा छ। सिभिलको बिहीबार अन्तिम कारोबार २०० रुपैयाँ प्रतिकित्तामा भएको थियो। बैंकको पछिल्लो ५२ हप्तामा ३१६ रुपैयाँमा कारोबार भएको थियो भने न्युनतम १९६ रुपैयाँ रहेको थियो। 

हिमालयन बैंकको चैतमसान्तसम्म १ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको थियो। प्रतिसेयर आम्दानी १४.३१ रुपैयाँ रहेको छ। बैंकको एकवर्षपछि सोमबार पहिलो कारोबार भएको थियो। दोस्रो बजारमा कारोबार सुरुभएसँगै सेयर मूल्यमा भारी गिरावट आएको छ।

जसका कारण घटेर ३१६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। बैंकको सेयर मूल्य एक वर्षअगाडि ३९० रुपैयाँमा बन्द भएकोे थियो। अहिले लगातार घटिरहेको छ। बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : शुक्रबार, जेठ २७ २०७९००:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend