बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

राजनीतिक नेतृत्व र उच्चपदस्थको एकाघरका परिवारको समेत खाता विवरण निगरानी गर्न निर्देशन

बिहीबार , जेठ २६ २०७९
राजनीतिक नेतृत्व र उच्चपदस्थको एकाघरका परिवारको समेत खाता विवरण निगरानी गर्न निर्देशन

काठमाडौं- नेपाल राष्ट्र बैंकले सम्पति शुद्धीकरण तथा आंतकवादी क्रियाकलापमा एकीकृत परिपत्र २०७८ जारी गर्दै उच्चपदस्त व्यक्तिहरूको खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै उच्च पदस्थहरूको बैंकखाता निगरानी गर्दै शंकास्पद भेटिए विवरणको सूची पठाउन निर्देशन दिएको हो। 

राष्ट्र बैंकले एकीकृत परिपत्र-२०७८ जारी गर्दै राजनैतिक व्यक्तिको एकाघर परिवारको समेत विवरण शंकास्पद देखिए जानकारी गराउन राष्ट्र बैंकले एकीकृत निर्देशन दिएको हो। उच्च तहका राजनीतिक व्यक्ति भनेर नखुलाए पनि पार्टीको नेतृत्व, मन्त्री, पूर्वमन्त्री, प्रधानमन्त्रीदेखि न्यायाधीशसम्मको एकाघरका परिवारको खाताको विवरण राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो।  

संशोधित निर्देशन विदेशी उच्चपदस्थ व्यक्ति वा अन्तर्राष्ट्रिय संस्थाको उच्चपदस्थ व्यक्तिको समेत निगरानी गर्न निर्देशन दिइएको छ। कम्पनीको नाममा भइरहेका कारोबारमा वास्तविक खातावाला धनी तथा कम्पनीमा निर्देशन दिनसक्ने अधिकारीको खातासमेत निगरानीमा राख्न निर्देशिकामा उल्लेख गरिएको हो।

आतंकवादी क्रियाकलाप तथा आमविनाशकारी हातहतियारको निर्माण तथा विस्तारमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी व्यवस्था गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

बैंक तथा वित्तीय संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधनसहित), वित्तीय जानकारी इकाइबाट जारी गरिएका कार्यविधि तथा मार्गदर्शनअनुरुपका शंकास्पद कारोबारको विवरण वित्तीय जानकारी इकाइमा पठाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको हो।


प्रकाशित : बिहीबार , जेठ २६ २०७९१०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend