शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

नेपाली मौलिक खाद्य उत्पादन र संस्कृतिको प्रवद्र्धनमा जुट्न राष्ट्रपतिकाे आग्रह

images
images
images
नेपाली मौलिक खाद्य उत्पादन र संस्कृतिको प्रवद्र्धनमा जुट्न राष्ट्रपतिकाे आग्रह
images
images

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली मौलिक खाद्य उत्पादन र संस्कृतिको प्रवद्र्धनमा जुट्न सम्बद्ध सबै पक्षसँग आह्वान गरेकी छिन्।

images
images
images

विश्व मानव समुदायलाई खाद्य चुनौती बढ्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले स्थानीय उत्पादन वृद्धि गर्ने र त्यसको आधुनिक प्रशोधन र प्रयोग मार्फत खाद्य जोखिम कम गर्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहने बताइन्।

images

राष्ट्रपति कार्यालय सितल निवासमा बुधबार नेपाली मौलिक पाककलाको क्षेत्रमा आवद्ध अभियान्ताहरु, शैक्षिक संघसस्थाका प्रतिनिधि, खाद्य विशेषज्ञ र सेफ प्रतिनिधि मण्डलसँगको भेटमा उनले सरकारले नेपाली मौलिक परिकारको स्थानीय तथा अन्तराष्ट्रिय बजार प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेको बताइन्।

images

राष्ट्रपति निवासको आफ्नो भान्सामा समेत नेपाली मौलीक परिकार नै प्राय पाक्ने गरेको जानकारी दिदै उनले आफु गाउँमा रहदा किनेमा, कागुनो तथा ताप्लेजु‌ंगका खोलानालामा पाइने तितो स्वाद भएका माछाहरु खाएको सम्झना सुनाइन्।

images
images

सरकारले विद्यालयमा बालबालिका लक्षित दिवा खाजाको व्यवस्ठा गरेको र त्यसमा नेपाली मौलीक उत्पादनहरुलाई भान्सामा प्रयोग गर्नुपर्नेमा जोड दिइन्। विश्व माझ नेपालीको पहिचान विस्तार गर्न नेपाली मौलिक खानाको विशेष भुमिका रहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले यस अभियानमा निरन्तर लागि परेका सम्बद्ध सबै पक्षलाई धन्यवाद र आभार प्रकट गरिन्।

त्यस अवसरमा नेपाल भ्रमणमा रहनु भएका भारत, सिक्कीम युनिभर्सिटीका प्राध्यापक जोती प्रकाश तामाङ्घले नेपालको हिमालय क्षेत्रमा पाइने हब्र्स र स्पाइसेसहरु बैज्ञानिक रुपमै औषधी जत्तीकै महत्वपुर्ण रहेको र सरकारले बिज्ञहरु सामेल गरि बिशेष योजना बनाएर अन्तराष्ट्रिकरण गर्न सकिने बताए।

कार्यक्रममा बोल्दै होटल एसोसिएसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष बिनायक साहले नेपालीहरुको बसोबास रहेका बिश्वका ९० भन्दा बढि देशहरुमा मौलीक खानापानलाई प्रवर्दन र प्रचार गर्न आफुहरुले नेप्लीज सेफहरु र होटल ब्यवसायीसँग दिगो योजना बनाएर अघि बढ्ने लक्षयका साथ छलफल गरिरहेको बताए।

नेपाली मौलीक पाककलाको खोजी, अनुसन्धान र प्रवद्र्धन काम गर्दै आएको शैक्षिक संस्था आइएचएम कलेजका सिइओ सुराच प्रसाईले नेपाली खाद्य उत्पादन, मौलीक परिकार र पाककला सस्कृतिमा नेपाली सेफहरुको बिशेष भुमिका रहेको औल्याउदै आइएम विथ सेफमार्फत त्यसकार्यलाई निरन्तर जोड दिइ आएको बताए।

भोली काठमान्डौमा आयोजना हुन गइरहेको नेपाली मौलीक परिकार ८४ ब्यन्जनको पुर्व सन्ध्यामा सो बारे राष्ट्रपतिलाई अवगत गराउन पुगेको प्रतिनिधि मण्डलले राष्ट्रपति भण्डारीलाई गुन्द्रुक र जिम्बु उपहार स्वरुप हस्तान्तरण गरेको थियो। प्रतिनिधि मण्डलमा सेफ मोहन गजुरेल , आइएचएम कलेजका एकेडेमिक डाइरेक्टर सेफ बिकास डंगोल, सेफ जित मोक्तान, सेफ मान बहादुर तामाङ्ग, सेफ सुर्य किरण क्षेष्ठ, सेफ भाबि खनाल तथा हस्पीटालिटि कन्सल्टेन्टहरु सहभागि थिए ।

images

प्रकाशित : बुधबार, जेठ २५ २०७९१०:२५

प्रतिक्रिया दिनुहोस