शनिबार, जेठ ५ गते २०८१    
images
images

गौतम बुद्ध विमानस्थल योग्य हुँदाहुँदै काठमाडौंमा अवतरण हुन नसकेका भारतीय २ जहाज किन लखनउ पुगे?

images
बुधबार, जेठ २५ २०७९
images
images
गौतम बुद्ध विमानस्थल योग्य हुँदाहुँदै काठमाडौंमा अवतरण हुन नसकेका भारतीय २ जहाज किन लखनउ पुगे?
images
images

काठमाडौं- बुधबार दिउँसो ४ बजे आसपासमा काठमाडौंमा भारी वर्षा भयो। वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी उडान अवतरण योग्य भएन। सोही समयमा दिल्लीबाट काठमाडौंका लागि उडान भरेका जहाज केही समय आकाशमै होल्ड भए। तर पनि अवतरणका लागि आवश्यक भिजिबिलिटी पुगेन। 

images
images
images

दिल्लीबाट काठमाडौंका लागि उडान भरेको इन्डियो एयरलाइन्स र भिस्तारा एयरको जहाज डाइभर्ट भए। डाइभर्ट भएको जहाज लखनउ पुगेर अवतरण भयो। अहिले जहाज पुन: नेपाल आइरहेको विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर बताउँछन्।

images

काठमाडौं‌मा खराब मौसमका कारण अवतरण हुन नसकेर डाइभर्ट भएका भारतीय दुई जहाजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नगइ फेरि भारत नै फर्किएका थिए। यही विषयमा हामीले विमानस्थल कार्यालय प्रमुख ठाकुरसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजले किन अवतरण गरेनन् भनेर प्रश्न गरेका थियौँ।

images
images

हाम्रो प्रश्नमा ठाकुरले पाइलटले जहाज जहाँ लैजान्छु भन्छ त्यही जान पाउने हुँदा उनीहरूले लखनउ डाइभर्ट गरेर अवतरण गरेको बताए। ‘हामीले गौतम बुद्ध जाउँ भन्न मिल्दैन,’ उनले भने, ‘उनीहरूलाई जहाँ सहज हुन्छ त्यहीँ नै जाने हो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गएन भनेर हामीले केही भन्न मिल्दैन।’

images
images

काठमाडौंको मौसम बिग्रिएको बेला भैरहवाको मौसमको विषयमा हामीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द्र दाहालसँग साधेको थियौँ। उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज मौसममा कुनै खराबी नभएको बताए। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेको जहाज गौतम बुद्धमा किन अवतरण भएन भन्ने आफूहरूलाई थाह नभएको र सोध्न पनि नमिल्ने उनको भनाइ छ। उनका अनुसार एयरलाइन्सलाई आफ्नै देशमा अवतरण गर्दा सहजता हुने भएकोले लखनउ नै गएको हुनसक्छ।

किन लखनउ नै गए त जहाज?

दुरी र समयको हिसाबले लखनउभन्दा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक हो। दुरीका हिसाबले काठमाडौंबाट भैरहवा गएर ल्याण्ड गर्नु भन्दा लखनउ गएर ल्याण्ड गर्न भने १ सय ४२ नर्टिकल माइल बढी पर्छ। तर तत्कालको अवस्थामा भारतीय एयर कम्पनीका जहाजले मात्रै होइन नेपाल एयरलाइन्सका जहाजले समेत काठमाडौंबाट डाइभर्ट भएका जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गर्न नसक्ने नेपाल एयरलाइन्सका एक वरिष्ठ पाइलटले बताए।

उनका अनुसार जहाज डाइभर्ट भएर गौतम बुद्धमा अवतरण भएपछि पुनः उडानका लागि इन्जिनियर चाहिन्छ। तर त्यो सेवा त्यहाँ  नभएका कारण उनीहरू लखनउ नै डाइभर्ट भएका हुन्। कि त गौतम बुद्धबाट उडान गरिरहेका एयरलाइन्स कम्पनीसँग इन्जिनियरका लागि कम्पनीले सम्झौता गर्नुपर्छ। अहिलेसम्म गौतम बुद्ध विमानस्थलबाट उडान गरिरहेका जजिरा एयरसँग उनीहरूको सम्झौता नभएको कारण त्यहाँ अवतरण नगरेको हुनसक्ने ती पाइलटले बताए।

आफ्नो इन्जिनियर नभएको ठाउँमा जहाज अवतरण गरेको अवस्था पुन: उडान गर्न नपाउने हुँदा जहाज त्यहीँ रोकिने र त्यसका लागि लामो प्रक्रिया हुने हुँदा सहजताका लागि लखनउ नै गएको ती पाइलटले बताए।

नेपाल नागरिक उड्डयन प्राधकिरणले यसअघिदेखि नै काठमाडौंको मौसम बिग्रिएर जहाज अवतरण गर्न नसकेको अवस्थामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विकल्प हुने बताएको थियो। तर त्यसअनुरुप सहज अवस्था भने देखिएको छैन। 


प्रकाशित : बुधबार, जेठ २५ २०७९०१:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend