शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

अर्थमन्त्री भन्छन्- मौद्रिक नीतिमा सेयर लगानीकर्ताको गुनासाे सम्बाेधन जरुरी

राष्ट्र बैंकसहितको सहभागितामा पुँजीबजार सुधार सुझाव समिति गठन

images
बुधबार, जेठ २५ २०७९
images
अर्थमन्त्री भन्छन्- मौद्रिक नीतिमा सेयर लगानीकर्ताको गुनासाे सम्बाेधन जरुरी
images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिमा सेयर बजारका लगानीकर्ताहरूको गुनासाे सम्बाेधन जरुरी रहेको बताएका छन्। 

images
images
images

नेपाल धिताेपत्र बाेर्ड स्थापनाको ३० औँ वार्षिकउत्सवको अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै उनले पुँजी बजार सुधारको कामका लागि प्रयासहरु भइरहेको बताएका छन्।

images
images

आफू धिताेपत्र बाेर्डको स्वायत्तताको पक्षमा नै रहेको उनले बताए। 'जवाफदेही पनि हुनुपर्छ, आफ्नाे क्षेत्रको स्वायत्तता सँगै जवाफदेहिता आवश्यक छ' अर्थमन्त्री शर्माले भने।

images
images

पुँजी बजारलाई अन्तर्राष्ट्रियमैत्री प्रविधीसहितको बनाउन आवश्यक रहेकोले साेहीअनुसार सुधार गर्नेसमेत उनले बताए। धिताेपत्रले बाेर्डले गर्नुपर्ने धेरै काम रहेकोले छिटाे तरिकाले प्रविधि ‍‍भित्र्याउन आवश्यक रहेको समेत अर्थमन्त्री शर्माले बताए।

लगानीकर्ताको हित र संरक्षणमा सरकार लागिपर्ने बताउँदै दीर्घकालीन सुधारमा लाग्न समेत उनले आग्रह गरे। माैद्रिक नीतिमा आएका केही गुनासाहरु सुनेर त्यसको सुधार गर्नुपर्नेमा आफू जानकार रहेकोसमेत उनले बताए। ´माैद्रिक नीतिमा सुधारको पहल भइरहेको छ' अर्थमन्त्री शर्माले भने।

वैदेशिक राेजगारमा गएका नेपालीलाई साधारण सेयर आईपीओमा १० प्रतिशतको कोटा कार्यान्वयन गर्ने र गैर आवसिय नेपालीहरुलाई दाेस्राे बजारमा लगानीको अवसर दिनका लागि काम भइरहेको समेत उनले बताए। धिताेपत्रसम्बन्धी ज्ञानको प्रचारमा कमी आउँदा समेत अज्ञानतामा लगानीकर्ताले समस्या भाेग्नुपरेको उनले बताए। 

बुक बिल्डिङलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नका लागि पहल भइरहेको र ठूला कम्पनी र उद्याेगलाई दाेस्राे बजारमा आउने वातावरणमा बनाउन लागिरहेको समेत अर्थमन्त्री शर्माले बताए। मार्जिन ट्रेडिङको विषय तथा इन्साइडर ट्रेडिङको अन्त्य गर्न धिताेपत्र बाेर्ड लाग्नुपर्ने समेत उनले बताए।

सेयर बजार बढ्ने घट्ने भइरहने भएकोले यसमा लगानीकर्ता सचेत हुनुपर्नेमा अर्थमन्त्री शर्माले जाेड दिए।

अर्थ मन्त्रालय, राष्ट्र बैंक, नेप्से, धिताेपत्र बाेर्ड सबैमा समन्वय हुनुपर्नेमा आफ्नाे जाेड रहेको उनले बताए। 

पुँजीबजार सुधारका लागि चार सदस्यीय सुझाव समिति गठन गरेको समेत अर्थमन्त्री शर्माले बताएका छन्। राष्ट्र बैंक, धिताेपत्र बाेर्डसहितको सहभागितामा पुँजीबजार सुधार सुझाव समिति गठन गरेको अर्थमन्त्री शर्भाले बताएका हुन्।


प्रकाशित : बुधबार, जेठ २५ २०७९०७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend