बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सेयर बजार घट्नुका कारणबारे बोले धितोपत्र बोर्डका अध्यक्ष हमाल; ४ महिनाभित्र दर्जन सुधारका काम गर्ने घाेषणा 

बुधबार, जेठ २५ २०७९
सेयर बजार घट्नुका कारणबारे बोले धितोपत्र बोर्डका अध्यक्ष हमाल; ४ महिनाभित्र दर्जन सुधारका काम गर्ने घाेषणा 

काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताहरूले भोगेको समस्या समाधान गर्न आफू सकारात्मक भएको बताएका छन्। 

नेपाल धितोपत्र बाेर्ड स्थापनाको ३०औँ वार्षिकोत्सवको अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष हमालले लगानीकर्ताहरूले भाेगेको समस्या समाधान गर्न लागिपर्ने बताएका हुन्। अध्यक्ष हमालले लगानीकर्ताहरूले मनाेबल उच्च बनाउने काममा आफू लागि परेको बताए।

पछिल्लो समय सेयर बजारमा गिरावट आउनुको मुख्य कारण बैंकमा लगानीयाेग्य रकम नहुनु तथा कोभिडका कारण विश्वभर आएको आर्थिक मन्दी नै कारक भएकोले लगानीकर्तालाई मनाेबल उच्च राख्न समेत अध्यक्ष हमालले आग्रह गरेका छन्।

पछिल्लो समयमा मर्जरको समयमा लामाे समय सेयरधनीको सेयर राेक्का भएर बस्नु परेको अवस्थालाई सम्बोधन गर्न समेत लागि परिरहेको उनले बताए।

आफूले चारमहिनाभित्रमा सेयर बजार सुधारका लागि दर्जन बढी काम गर्नेसमेत उनले बताए। बाेर्डबाट चार महिनाभित्रमा वैदेशिक राेजगारमा गएका नेपालीलाई साधारण सेयरमा १० प्रतिशतको कोटा छुट्याउने व्यवस्था कार्यान्वयन गर्ने र गैर आवासीय नेपालीहरूलाई दाेस्राे बजारमा लगानीको अवसर दिने समेत बताए। ´बुक विल्डिङमार्फत चुस्त ढंगले ठूला कम्पनीमा जनतालाई लगानीको अवसर दिलाउने छाैँ' अध्यक्ष हमालले भने। 

 


प्रकाशित : बुधबार, जेठ २५ २०७९०६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend