शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

प्राथमिकतामा ढोरपाटन : पर्यटन केन्द्र बनाउन गुरुयोजना

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २५ २०७९
images
प्राथमिकतामा ढोरपाटन : पर्यटन केन्द्र बनाउन गुरुयोजना
images
images

बलेवा- गण्डकी प्रदेश सरकारले ढोरपाटन शिकार आरक्ष क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्नका लागि आवश्यक गुरुयोजना बनाउने भएको छ। गण्डकी प्रदेश सरकारको अन्तिम कार्यकालमा ढोरपाटनलाई पर्यटकीय केन्द्र बनाउने योजना अघि सारिएको हो।

images
images
images

सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ढोरपाटन क्षेत्रमा पर्यटन विकासका लागि गुरुयोजना बनाएर काम गर्ने नीति लिएको हो। नीति तथा कार्यक्रममा समेट्दै भनिएको छ, 'ढोरपाटनलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न गुरुयोजना तयार गरिने छ।'

images
images

नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन साहसिक पर्यटनका लागि प्रसिद्ध छ। विदेशी पर्यटकले मात्रै शिकार गर्न पाउने आरक्षमा आन्तरिक पर्यटकसमेत पुग्ने गरेका छन्। विदेशी शिकारीका सहयोगीका रूपमा आरक्ष क्षेत्रको सबै ब्लकमा बाहेक आन्तरिक पर्यटक सीमित क्षेत्रमा मात्रै पुग्छन्। ढोरपाटन नगरपालिका-९ देउराली कटेपछि उपत्यका देखिन्छ।  

images
images

उपत्यकाभन्दा माथि धेरै बस्ती नहुनु, शिकार आरक्ष क्षेत्रमा रहेका घुम्न मिल्ने ठाउँका विषयमा जानकारी नहुनु र पहुँचमार्गको अभावमा ढोरपाटन पुग्ने पर्यटक विरलै त्यहाँभन्दा माथि पुग्छन्। शिकार आरक्षको कार्यालय पुगेका पर्यटकले आरक्षमा हुने शिकार, पाइने वन्यजन्तु र जडीबुटीको जानकारी त लिन्छन् तर गहिराइमा पुग्न सम्बन्धित क्षेत्रमा पुग्नै पर्छ। ढोरपाटन शिकार आरक्षका सबै ब्लकमा पर्यटक पुग्ने गरी कार्यक्रम र पूर्वाधार तयार गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले कार्यक्रम ल्याउनुपर्ने सरोकारवालाले आवाज उठाउँदै आएका थिए।

ढोरपाटनमा घुम्न मिल्ने ठाउँको विकास गर्नसके पर्यटकका लागि राम्रो गन्तव्य हुने शिकार अरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेल बताउँछन्।

शिकार आरक्षको व्यवस्थापन पक्षले बनाएको योजनाअनुसार गुरुयोजना तयार हुँदा ढोरपाटन बागलुङमा पर्यटनको हब बन्छ।  शिकारका लागि आउने साहसिक शिकारीमात्रै ढोरपाटन शिकार आरक्षका विभिन्न ब्लकमा पुग्छन्।

ढोरपाटन शिकार आरक्ष क्षेत्रको सबैभन्दा नजिकको पुग्नैपर्ने गन्तव्य हो, म्याग्दी जिल्लाको सिमानामा पर्ने जलजला। ढोरपाटन उपत्यकाबाट २४ किलोमिटर दूरीमा पर्ने जलजलाको बीचमा पर्छ गुर्जाघाट। ढोरपाटन, गुर्जाघाट हुँदै जलजला पुग्न पदमार्गको निर्माण तथा स्तरोन्नतिमा शिकार आरक्ष कार्यालय लागेको छ। रासस


प्रकाशित : बुधबार, जेठ २५ २०७९०६:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend