बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बैंकहरूमा एकसातामै थपियो ७ अर्ब निक्षेप, सीडी रेसियो ९० प्रतिशतभन्दा तल

मंगलबार, जेठ २४ २०७९
बैंकहरूमा एकसातामै थपियो ७ अर्ब निक्षेप, सीडी रेसियो ९० प्रतिशतभन्दा तल

काठमाडौं- बैंकहरूमा निक्षेप थपिने क्रम बढेको छ। निक्षेप बढेको तथा कर्जा प्रवाह ठप्प भएपछि बैंकहरूको औसत कर्जा-निक्षेप-अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा तल झरेको छ।

नेपाल बैंकर्स संघले दिएको तथ्यांकअनुसार पछिल्लो एकसातामा ७ अर्ब निक्षेप थपिएको छ भने कर्जा प्रवाह ठप्प भएको छ। गत जेठ १३ गतेसम्म बैंकहरूमा ४३ खर्ब ८३ अर्ब निक्षेप पुगेकोमा २० गतेसम्म ४३ खर्ब ९० अर्ब निक्षेप पुगेको छ। यता कर्जा प्रवाह ठप्प गरेर बैंकहरू ऋण उठाउने चटारोमा रहेका छन्। गत जेठ १३ गतेसम्म ४१ खर्ब ९८ अर्ब ऋण प्रवाह भएकोमा घटेर ४१ खर्ब ९६ अर्बमा ऋण प्रवाह पुगेको छ। बैंकहरूले ऋण २ अर्ब ऋणीहरूबाट उठाएका छन्। 

यता नेपाल राष्ट्र बैंकले जेठ २२ गते सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बैंकहरूको औसत सीडी रेसियो ८९.९९ प्रतिशतमा झरेको छ। यद्यपि, औसत सीडी रेसियो ९० प्रतिशतभन्दा तल झरे पनि अझै केही बैंकको ९० प्रतिशतभन्दा माथि नै छ। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशतभन्दा तल कायम गर्न निर्देशन दिइसकेको छ।

स्थानीय तहको चुनावपछि क्रमशः बैंकहरूको निक्षेप बढ्न थालेसँगै सीडी रेसियो रेसियो घट्न थालेको हो। जेठ यता वाणिज्य बैंकहरूमा २० अर्ब रुपैयाँ निक्षेप थपिएको छ।


प्रकाशित : मंगलबार, जेठ २४ २०७९१३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend