बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

शिवम् सिमेन्टको सेयर मूल्य दुई वर्षयताकै सस्तो, लगानीकर्ताले गुमाए प्रतिकित्तामै १४३१ रुपैयाँ

बुधबार, जेठ २५ २०७९
शिवम् सिमेन्टको सेयर मूल्य दुई वर्षयताकै सस्तो, लगानीकर्ताले गुमाए प्रतिकित्तामै १४३१ रुपैयाँ

काठमाडौं- शिवम् सिमेन्टको सेयर मूल्य लगातार घटिरहेको छ। मंगलबार पनि सेयर मूल्य ४१ रुपैयाँले घटेको छ। मंगलबार घटेर ७४९ रुपैयाँ कायम भएको छ। जुन मूल्य उच्च अंकभन्दा १४३१ रुपैयाँले घटेको छ। ७४९ रुपैयाँ सेयर मूल्य दुईवर्षयताकै सस्तो भएको हो। 

shivama.PNG

सेयरधनीलाई कम्पनीले २९ प्रतिशत नगद लाभांश दिइसकेको छ। कम्पनीले हालसम्म सेयरधनीलाई बोनस सेयर दिएको छैन। चार वर्षको इतिहासमा हालसम्म १५ प्रतिशतभन्दा कम लाभांश दिएको छैन। 

कम्पनीले चुक्ता पुँजी बढाउन लागेको छ। जसमा हकप्रदको चर्चासमेत चलाइएको छ। अहिलेसम्म कम्पनीको हकप्रदको निर्णय भएको छैन। मंगलबार मात्रै ४१ हजार ९ सय कित्ता कारोबार हुदाँ ३ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ।

पछिल्लो ५२ हप्तामा अधिकतम १९१० रुपैयाँ पुगेको सेयर मूल्य पुगेको थियो। कम्पनीको ४ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ। कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने बजार मूल्यांकन ३२ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।


प्रकाशित : बुधबार, जेठ २५ २०७९०१:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend