बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

मर्जरको जोडि खोजिरहेको कुमारी बैंकको सेयर मूल्य एकवर्ष यताकै सस्तो, मेगा बैंकसँग भाँडिएपछि कुनसँग हाेला सम्झाैता?

मंगलबार, जेठ २४ २०७९
मर्जरको जोडि खोजिरहेको कुमारी बैंकको सेयर मूल्य एकवर्ष यताकै सस्तो, मेगा बैंकसँग भाँडिएपछि कुनसँग हाेला सम्झाैता?

काठमाडौं- एकपछि अर्को बैंक मर्जरमा जाने तरखर भइरहेका बेला कुमारी बैंकले विभिन्न बैंकसँग मर्जरका लागि प्रस्ताव गरिरहेको छ। 

यसअघि मेगा बैंकसँग मर्जरका लागि छलफल चलेपनि मेगाले इन्भेष्टमेन्ट बैंक रोजेपछि कुमारी बैंकले यतिबेला सनराइज र माछापुछ्रे बैंकसँग मर्जको लागि छलफल गरिरहेको छ। सम्भवतः स्वाप रेसियो मिल्ने बैंकसँग मर्जरमा जाने सम्झौता असार मसान्तअगाडि नै गर्ने तयारीमा रहेको छ। 

कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। यो बैंकको मंगलबार अन्तिम करोबार २०१.५० रुपैयाँमा भएको थियो। बैंकको बजार मूल्य पछिल्लो ५२ हप्तामा उच्चतम मूल्य ४१३ रुपैयाँमा कारोबार भएको थियो भने पछिल्लो समय लगातार घटिरहेको छ।

समग्र सेयर बजार घट्दा बैंकको सेयर मूल्यमा समेत असर परेको छ। बैंकको सेयर मूल्य लगातर घटेर एकवर्षयताकै सस्तो भएको छ। कुमारीको बजार पुँजीकरण २९ अर्ब ७४ करोड रुपैयाँ रहेको छ। 

kumari.PNG

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरू आगामी असार मसान्तसम्म पनि विग मर्जरमा जान तयार नभए कडा नीति लिने संकेत गरेस‌गै बैंकहरु एकपछि अर्काे मर्जको तयारीमा रहेका छन्।  

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई निर्देशन दिइसकेका छन्। निर्देशनसँगै अब वाणिज्य बैंकहरू मर्जरमा जान बाध्य हुने देखिएको छ।

राष्ट्र बैंकको इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययन प्रतिवेदन गत महिना सार्वजनिक गर्दै नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीति मार्फत घटाउने र बलिया बैंक बनानुपर्ने निष्कर्ष निकालेको थियो।  

प्रतिवेदन कार्यान्वयन गर्नेगरी राष्ट्र बैंक नेतृत्व अगाडि बढेको छ। अध्ययनअनुसार नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुने निष्कर्ष निकालेको थियो। हाल नेपालमा २७ वटा वाणिज्य बैंकहरू छन्। 


प्रकाशित : मंगलबार, जेठ २४ २०७९११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend