बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

थामिने आधार नभेटिँदा सेयर बजारमा लगातार पहिरो, ७ दिनमै २०३ अंकले घट्यो

मंगलबार, जेठ २४ २०७९
थामिने आधार नभेटिँदा सेयर बजारमा लगातार पहिरो, ७ दिनमै २०३ अंकले घट्यो

काठमाडौं- थामिने आधार नभेटिँदा लगातार घटिरहेको सेयर बजारमा मंगलबारसमेत ठूलो गिरावट देखिएको छ। गएको सात दिनमा बजारमा २०३.६ अंकको गिरावट देखिएको छ। 

गएको साता पाँच दिनको कारोबारमा १४५.०९ अंकको गिरावट देखिएको बजारमा यो साताको पहिलो कारोबारमा सोमबार १२.९२ अंकको गिरावट देखिएको थियो। मंगलबारसमेत ४५.५९ अंकले झर्दै बजार २०२०.२३ बिन्दुमा पुगेको छ। मंगलबार १ अर्ब ३१ करोड रुपैयाँको मात्र कारोबार भयो। 

सेयर लगानीकर्ताहरूले सेयर बजार सुधारका लागि भन्दै सरोकारवालासँग निरन्तर कुराकानीका साथै विरोधसमेत गरिरहेका छन्। तर बजारले सुधारका सूचक नभेट्दा आम लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। लगातार भइरहेको गिरावटले सेयर बजारमा थामिने बिन्दु भेटिन कठिन देखिएको छ। बजारको घट‍्दो ट्रेन्ड कहाँ रोकिन्छ भन्‍ने यकिन आधारसमेत देखिँदैन। 

अहिलेको अवस्थाले बजेटपछि बजार थामिने आशमा रहेका लगानीकर्ता निराश भएका छन्। बजेटमा सेयर बजारको चाख लिइरहेकाहरूले खास सम्बोधन पाएनन्। अहिले उनीहरू मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्। मौद्रिक नीतिमार्फत पनि सेयर धितोमा झनै कडाइ गर्ने संकेत देखिएकाले विश्वस्त हुने आधार भने भेटिँदैन। यसैले सेयर बजारको घट्दो ट्रेण्डले अघिल्लो बुलको १८०० कै बिन्दु पछ्याउन थालेको विश्लेषण हुन थालेको छ।


प्रकाशित : मंगलबार, जेठ २४ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend