शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

४ अर्ब ८५ करोड रुपैयाँको लगानीमा ८ चामल उद्योग खुल्दै

images
बुधबार, जेठ २५ २०७९
images
images
४ अर्ब ८५ करोड रुपैयाँको लगानीमा ८ चामल उद्योग खुल्दै
images
images

काठमाडौं- हाल नेपालमा धानको उत्पादकत्व प्रति हेक्टर ३.८ टन छ। वर्षको करिब २ खर्ब ५० अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुन्छ। अपुग धान चामल छिमेकी मुलुकबाट करिब ५० अर्ब बराबर आयात हुन्छ।

images
images
images

नेपालमा धानको उत्पादनमा खासै सुधार नआएपनि चामल उद्योगमा भने लगानीकर्ताको आकर्षण देखिएको छ। चालु आर्थिक वर्षको साढे १० महिनामा चामल लगायत धानबाट उत्पादन हुने वस्तुको उत्पादनका लागि भन्दै ५ वटा उद्योग दर्ता भएका छन्।

images
images

आयातको ग्राफ वर्षैपिच्छे बढ्दै गएको छ। आयातलाई प्रतिस्थापन नगरेसम्म आर्थिक सूचनाहरूलाई सुधार गर्न सकिँदैन। अबको अभियान भनेको उत्पादकत्वलाई बढाएर आयातलाई प्रतिस्थापन गर्नु नै अन्तिम विकल्प  भएपनि उत्पादन भन्दा पनि प्रशोधनमा मात्र सबैको चासो देखिएको छ।

images
images
images

उद्योग विभागका अनुसार  चालु आर्थिक वर्ष २०७८/ ०७९ को साउनदेखि जेठ मसान्तसम्म महिनामा ४ अर्ब ८५ करोड १० लाख रुपैयाँको लगानी प्रतिवद्धता सहित ५ वटा उद्योग दर्ता भएका छन। ८ वटा उद्योगबाट चामल मात्रै वार्षिक ३ लाख  मेट्रिक टन हाराहरीमा उत्पादन हुने विवरणमा उल्लेख छ।

जसमा ६२ करोड रुपैयाँको लगानीमा महावीर एग्रो प्रोडक्ट प्रालिले ७७ हजार मेट्रिक टन चाम उत्पादन गर्ने भन्दै उद्योग दर्ता गराएको छ। उद्योग सञ्चालनमा आएपछि १ सय २ जनाले रोजगारी पाउने भएका छन्। यसैगरी यो उद्योगले वार्षिक २० हजार मेट्रिक टन चिउरा र १० हजार मेट्रिक टन भुजा उत्पादन गर्ने जनाएको छ।

नवलपरासीमा स्थापना हुने सिद्धिलक्ष्मी फुड्स प्रालिमा भने १ अर्ब १३ करोडको लगानी हुने भएको छ। यो उद्योगमा पनि उद्योग विभागमा दर्ता भइसकेको छ। उद्योगले वार्षिक ३३ हजार ८ सय ४० मेट्रिक टन चामल उत्पादन गर्ने जनाएको छ। उद्योग सञ्चालन भएपछि २ सय २४ जनाले रोजगारी पाउने समेत उद्योगले जनाएको छ।

यसैगरी वार्षिक ३० हजार मेट्रिक टन चामल उत्पादन गर्ने गरी आरएमसी फुड्स उद्योग पनि दर्ता भएको छ। ३० करोड लगानी हुने उद्योगमा ८०९ जनाले रोजगारी पाउने भएका छन्। यसैगरी ७६ करोड ५० लाख रुपैयाँको लगानीमा अग्नि एग्रो फुड प्रोडक्ट्स उद्योग पनि दर्ता भएको छ। उद्योगले वार्षिक ४३ हजार २ सय मेट्रिक टन चामल उत्पादन गर्ने र उद्योगमा ४२ जनाले रोजगारी पाउने जनाएको छ।

यसैगरी वार्षिक ४३ हजार २ सय मेट्रिक टन चामल उत्पादन गर्ने भन्दै सरोबर एग्रो इन्डष्ट्रिज प्रालि पनि दर्ता भएको छ। उद्योगमा ५५ करोड ६० लाख  रुपैयाँको लगानी रहने र ४४ जनाले रोजगारी पाउने उद्योगले जनाएको छ।

यसैगरी २४ करोड रुपैयाँको लगानीमा वार्षिक ९ हजार २ सय ८५ मेट्रिक टन चामल लगायत चामलबाट बने वस्तुको उत्पादन गर्ने गरी मोर नेचुरल फुड्स प्रालि दर्ता भएको छ। यसैगरी ७६ करोड रुपैयाँको लगानीमा वार्षिक ४० हजार मेट्रिक टन चामल उद्पादन गर्ने  गरी कपिलवस्तुमा महालक्ष्मी मल्टी एग्री ईण्डष्ट्रिज प्रालि दर्ता भएको छ।

साथै ४८ करोड रुपैयाँको लगानीमा वार्षिक ९० हजार ३ सय ६० मेट्रिक टन चामल उद्पादन गर्ने गरी त्रिवेणी राइस इण्डष्ट्रि प्रालि दर्ता भएको थिए। उद्योग पर्सामा स्थापना हुने गरी दर्ता भएको छ।


प्रकाशित : बुधबार, जेठ २५ २०७९०४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend