मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

मल अभावले कृषकलाई सधैँ सास्ती

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ २४ २०७९
images
images
मल अभावले कृषकलाई सधैँ सास्ती
images
images

दमौली- धान रोप्ने समय सुरु हुन लागेका बेला मल अभाव हुँदा तनहुँका कृषकलाई निकै समस्या देखिएको छ। धानको बीउ राख्ने बेलामा रसायनिक मल नपाउँदा कृषक चिन्तित बनेका हुन्।

images
images
images

मकै गोड्ने बेलादेखि नै मलको अभाव भएपछि समस्या भएको व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले गुनासो गरे। 'मकै गोड्दा पनि मल चाहिन्थ्यो, त्यो बेला पनि पाइएन, दमौलीमा नपाएपछि डुम्रेमा पुगेर चर्को मूल्यमा खरिद गर्नुपर्‍यो', पौडेलले भने, 'अब धान रोप्ने बेला आउन लाग्यो, मल चाँही कहिले आउँछ कुन्नि।'

पौडेलले मकै गोड्ने बेला दमौलीमा मल नपाएपछि डुम्रेमा पुगेर मल खरिद गरेर ल्याएको बताए। 'एक हजार पर्ने मललाई डुम्रेमा पुगेर ल्याउँदा तेब्बर तिर्नुपर्‍यो', उनले भने, 'बर्सेनि मलको अभाव हुन्छ, तर सरकारले कृषकको समस्याप्रति ध्यान दिएको पाइएन।' उनले असारको पहिलो साताबाट धान रोप्ने तयारी गरेका छन्। अहिले धानको बीउ राख्ने बेला भएपनि मल नपाउँदा सास्ती भएको उनले बताए। 'अहिलेसम्म मल पाउने सुरसार छैन, के गर्ने कसो गर्ने अलमल परेको छु,' उनले थपे। 

images

मल खरिद गर्न तीन/चार पटक बजार धाउँदा पनि मल नपाएको भिमादकी देवी खनालले गुनासो गरे। 'चाहिएको जति मल कहिल्यै पाइएन' उनले भने, 'कृषकको समस्या कहिल्यै समाधान हुने भएन।'

images

धान रोप्ने बेला डिएपी र गोड्ने बेला युरिया मल प्रयोग गरिन्छ। वर्षौदेखि रासायनिक मल हालिरहेको खेतबारीमा गोबर मल मात्रैले काम नगर्ने किसान बताउँछन्। शुक्लागण्डकीका केदार पौडेलले गोबर मलले मात्रै नहुने भएकाले रासायनिक मल आवश्यक पर्ने बताए। 'तर सधैँ मल अभाव भइरहन्छ, कृषकलाई एकदमै सास्ती छ, मल खोज्दै भौतारिनुपर्ने अवस्था छ,' उनले भने। 

शुक्लागण्डकीकै सुशन पौडेलले मल अभाव हुँदा कृषि पेशामा जाँगर हराउँदै गएको बताए। 'सरकारले किसानको आवश्यकता पूर्ति गर्न सकेको छैन, रोप्ने बेला मल पाइँदैन,' उनले भने, 'कृषिमै केही गरौं भन्यो मलकै अभावले झन् चिन्ता थपिन्छ।'

कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाका अनुसार तनहुँँमा वार्षिक एक हजार पाँच सय टन युरिया मल माग हुने गरेकामा चालु आर्थिक वर्षमा पाँच सय टन मात्रै मल भित्रिएको छ। रासस


प्रकाशित : मंगलबार, जेठ २४ २०७९०६:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend