बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सयपत्री हाइड्रोपावरको तीन करोड बराबरको आईपीओ आउँदै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ २४ २०७९
सयपत्री हाइड्रोपावरको तीन करोड बराबरको आईपीओ आउँदै

काठमाडौं- सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी असार २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा तीन करोड रुपैयाँ मूल्य बराबरको तीन लाख कित्ता सेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गर्ने भएको हो ।

आयोजनाले प्रभाव पार्ने बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने स्थानीयवासीले आगामी असार १६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३१ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ।

कम्पनीले बाग्लुङको ताराखोला गाउँपालिका-२ र ३ मा पर्ने दरमखोलामा २.५ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादनसमेत गरिहेको छ। 

लगानीकर्ताले प्रभु बैंकको ताराखोला तथा गल्कोट शाखा, ग्लोबल आईएई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लिमिटेडको काठमाडौँँबाट सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी इस्युयर’ ग्रेडिङ प्रदान गरेको छ। रासस


प्रकाशित : मंगलबार, जेठ २४ २०७९०५:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend