मंगलबार, वैशाख २५ गते २०८१    
images
images

मर्सिडिजको आधिकारिक बिक्रेता दीपक गौतम एन्ड कम्पनी २ वर्ष ‘वाच लिस्ट’मा 

त्यतिन्जेल मर्सिडिजले कार नदिने, शंकर समूहको लगानी ‘डम्प’

images
images
images
मर्सिडिजको आधिकारिक बिक्रेता दीपक गौतम एन्ड कम्पनी २ वर्ष ‘वाच लिस्ट’मा 

एकातिर लगानी भइसकेको छ भने अर्कोतिर मर्सिडिजको डिलरसिप नै धर्मराएको छ।

images
images

काठमाडौं- जर्मन विलासी कार निर्माता कम्पनी मर्सिडिजको नेपालका लागि आधिकारिक बिक्रेता दीपक गौतम एन्ड कम्पनी प्रालिले सेयर बिक्री गरेको विषय उत्कर्षमा पुगेको छ। मर्सिडिजले फेरिएको सेयर संरचना स्वीकार नगर्ने मात्र होइन उल्टो कम्पनीलाई दुई वर्ष ‘वाच लिस्ट’मा राख्ने भएको छ। 

images
images
images

दीपक गौतम एन्ड कम्पनीले आफ्नो ५० प्रतिशत सेयर बिक्री गरेर नयाँ संरचनासहित मर्सिडिजलाई गाडीको एलसी पठाएको थियो। तर उक्त विषयमा के र किन भएको हो भन्ने बुझ्न मर्सिडिज जर्मनीले आफ्नो प्रतिनिधिलाई नेपाल पठाएको थियो। नेपाल आएको प्रतिनिधिको टोलीले यहाँ कम्पनीको कुनै पनि सोरुम संरचना तथा सर्भिस सेन्टर नदेखेको र प्रिन्सिपल कम्पनीको स्वीकृति बिना आधिकारिक बिक्रेता कम्पनीको सेयर बिक्री गरेकोमा गम्भीर आपत्ति जनाएको हो। 

images

नेपाल आएको मर्सिडिजको टोलीले जर्मन पुगेर आधिकारिक बिक्रेता दीपक गौतम एन्ड कम्पनीलाई दुई वर्षका लागि 'वाच लिस्ट'मा राख्ने निर्णय दिएको उच्च स्रोतले बिजनेस न्युजलाई जानकारी दियो। ‘मर्सिडिजले प्रतिनिधि नै पठाएर नेपालमा मर्सिडिजको डिलरबारे विस्तृतमा जानकारी लिएको थियो,’ स्रोतले भन्यो, ‘टोली जर्मन फर्किएलगत्तै नेपाली आधिकारिक बिक्रेता कम्पनीलाई वाच लिस्टमा राख्ने निर्णय गर्दा सेयर किन्ने र बिक्री गर्ने दुवैपक्ष अचम्भित भएका छन्।’ 

images

यसअघिका दुई साझेदारको सेयर दीपक गौतम एन्ड कम्पनीले शंकर समूहलाई बिक्री गरेको थियो। गएको फागुनमा मर्सिडिज बेन्जको नेपालका लागि आधिकारिक बिक्रेता दीपक गौतम एन्ड कम्पनी प्रालिले ५० प्रतिशत सेयर बिक्री गरि कम्पनीमा नयाँ साझेदार भित्र्याएको थियो। नयाँ साझेदार भित्र्याएसँगै दीपक गौतम एन्ड कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा नयाँ साझेदारको विवरण अध्यावधिक गराएको छ। 

images
images

योसँगै कम्पनीले मर्सिडिजको आधिकारिक बिक्रेताबाट खोलिने एलसीका लागि तोकिएको प्रतिनिधिसमेत परिवर्तन भयो। परिवर्तित संरचनासहितको कागजात पेश गरेर दीपक गौतम एन्ड कम्पनी (नयाँ सेयर संरचनापछि कम्पनीको नाम समेत परिवर्तन भएको हुन सक्छ)ले खोलेको एलसी मर्सिडिजले स्वीकृत गरेन र यो तथ्य बाहिर आएको थियो। 

सेयर बिक्री भएसँगै कम्पनीको तर्फबाट तोकिएका आधिकारिक व्यक्ति बदलेर एलसी खोलिएकाले यसबारे मर्सिडिज जर्मनीले नेपाली कम्पनीलाई प्रश्न गरेको हो। त्यसैले अहिले मर्सिडिजले नेपाली कम्पनीले गाडी आयातका लागि खोलिएको एलसी स्वीकृत दिएन र जर्मनीबाट प्रतिनिधि पठाएको थियो। 

बैशाखको मध्यतिर मर्सिडिजका प्रतिनिधि नेपाल आएका थिए। यसअघि दीपक गौतम एन्ड कम्पनीको आधिकारिक व्यक्तिका रुपमा किरोशरचन्द्र वादे श्रेष्ठ थिए। मर्सिडिज बेन्जका विलासी कार दुई दशकभन्दा अघिदेखि नेपाली बजारमा आधिकारिक रुपमा बिक्री हुँदै आइरहेको छ।

अटोमोबाइल व्यापारमा आक्रामक बजार विस्तारको रणनीतिमा रहेको शंकर समूहले मर्सिडिजको व्यापारमा दीपक गौतम एन्ड कम्पनीको सेयरको ५० प्रतिशत सेयर खरिद गरेर प्रवेश गरेको थियो। पछिलो समय शंकर समूह अटोमोबाइल व्यापारमा आक्राम रुपमा लागेको छ। 

जर्मन ब्रान्ड मर्सिडिज-बेन्जको व्यापारमा शंकर समूहको प्रवेश जर्मन ब्रान्ड मर्सिडिज-बेन्जको व्यापारमा शंकर समूहको प्रवेश

दीपक गौतम एन्ड कम्पनीमा यसअघि दीपक गौतम, विनोद सिंह, विकास राणा र किशोरचन्द्र बादे श्रेष्ठ गरि चार जना लगानीकर्ता थिए। उक्त कम्पनीमा रहेको विकास राणा र किशोरचन्द्र बादे श्रेष्ठको नाममा रहेको ५० प्रतिशत सेयर शंकर समूहले खरिद गरेको थियो। यसअघिका चारजना लगानीकर्ताको नाममा कम्पनीको समान सेयर हिस्सा थियो। नयाँ संरचनापछि तीन जनाको हिस्सा कायम भएको छ।  

यसअघि मर्सिडिजको आधिकारिक बिक्रेता दीपक गौतम एन्ड कम्पनी रहेको र कारसमेत यही कम्पनीको एलसी खुलेर आए पनि बिक्री तथा बिक्री पछिको काम भने किशोर गेयरले आएको थियो। तर दीपक गौतम तथा विनोद सिंह किशोरचन्द्र बादे श्रेष्ठको कार्यशैलीबाट असन्तुष्ट रहँदै आएका थिए। 

सोही कारण उनीहरूले पुराना साझेदार राण र श्रेष्ठलाई बिदा गरेर नयाँ साझेदार भित्र्याएका हुन्। आधिकारिक बिक्रेता कम्पनीको सेयर संरचना फेरबदल गर्दा प्रिन्सिपल कम्पनीलाई जानकारी गराउनु पर्नेमा त्यसो नगरि फेरबदल गर्दा आधिकारिक बिक्रेता माथि नै प्रश्न चिन्ह खडा भएको छ। 

नेपालमा आधिकारिक बिक्रेताको सेयर बिक्री मर्सिडिजले गर्‍यो अस्वीकार नेपालमा आधिकारिक बिक्रेताको सेयर बिक्री मर्सिडिजले गर्‍यो अस्वीकार

आफूलाई हटाएको झोकमा रन्थनिएका किशोर श्रेष्ठले यो सबै गराएको आशंका नयाँ लगानी गर्दा साहिल अग्रवालले गरेका छन्। ‘कोरोनाको समयमा शंरक समूहबाट भएको कमजोरीलाई मर्सिडिजको प्रतिनिधि सामू उल्था गरेरै देखाएको थियो,’ स्रोतले भन्यो, ‘यसबाट पनि मर्सिडिजका प्रतिनिधिहरु थप सशंकित बनेका हुन्।’ मर्सिडिजले २ वर्ष अगावै रिभ्यु गरिदियो भने पुरानै आधिकारिक बिक्रेता निरन्तर्ता हुने अन्यथा फेरबदल नै हुनसक्ने अनुमान व्यवसायिक वृतमा रहेको स्रोतको भनाइ छ। 

सेयर बिक्री गरेर बाहिरिएकाहरुलाई समस्या नभएपनि करिब १५ करोड रुपैयाँ खर्चिएर दीपक गौतम एन्ड कम्पनीको ५० प्रतिशत सेयर खरिद गरेका शंकर समूहका निर्देशक साहिल अग्रवाल भने चिन्तामा छन्। एकातिर लगानी भइसकेको छ भने अर्को तिर मर्सिडिजको डिलरसिप नै धर्मराएको छ। यसबारे के हुने भन्ने टुंगो मर्सिडिज बेन्जकै जिम्मामा पुगेको छ। 

images

प्रकाशित : मंगलबार, जेठ २४ २०७९०८:३५

प्रतिक्रिया दिनुहोस