शुक्रबार, चैत १६ गते २०८०    
images
images

मोट्रेक्सलाई विद्युतीय गाडीमात्र बनाउन दिने निर्णय

images
images
मोट्रेक्सलाई विद्युतीय गाडीमात्र बनाउन दिने निर्णय

लगानी बोर्डको ३५औँ बैठकले नेपालमै गाडी एसेम्बल गर्न मोट्रेक्स कम्पनीलाई स्वीकृति दिएको थियो।

images
images

काठमाडौं- लगानी बोर्डले कोरियाली कम्पनी मोट्रेक्सलाई विद्युतीय कारमात्र बनाउन दिने निर्णय गरेको छ।

images
images
images

सोमबार बसेको लगानी बोर्डको बैठकले मोट्रेक्सले यसअघि आईसी (इन्टरनल कम्बस्चन) युक्त कार उत्पादन गर्ने गरि गरेको लगानी प्रतिवद्धतालाई विद्युतीय गाडी बनाउन गरि आउन आग्रह गरेको हो। 

images

कोरियन इन्फोटेन्टमेन्ट सिस्टम निर्माता कम्पनी मोट्रेक्सले नेपालमा गाडी एसेम्बल गर्न लगानी बोर्डबाट २०७५ चैत्र १ गते स्वीकृति दिएको थियो। लगानी बोर्डको ३५औँ बैठकले नेपालमै गाडी एसेम्बल गर्न मोट्रेक्स कम्पनीलाई स्वीकृति दिएको थियो।

images
images

त्यसयता कम्पनीले हालसम्म कुनै प्रक्रिया भने अघि बढाएको छैन। सरकारले कम्पनीलाई जग्गा उपलब्ध गराउन प्रयास गरेपनि हालसम्म उपलब्ध गराउन सकेको छैन। 

मोट्रेक्सले सवारी एसेम्बलका लागि नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको थियो। नेपालमा कोरोना संक्रमणको कारण लकडाउन गर्नुअघि नै उसलाई स्वीकृति दिएको एक वर्ष पुरा भएको थियो। लगानी सम्मेलनको मुखमा बोर्डले उक्त लगानी स्वीकृत गरेको थियो। 

सरकारले विद्युतीय सवारी उत्पादन तथा प्रयोगलाई प्रोत्साहन दिने नीति लिएकाले छ। विद्युतीय सवारी उत्पादन गर्ने कम्पनीलाई सरकारले सहुलियत दिने बकताएको छ। त्यहीअनुसार सरकारले मोट्रेक्सलाई पनि विद्युतीय कार नै उत्पादन गर्न आग्रह गर्दै लगानी बोर्डमार्फत उक्त निर्णय गरेको हो। 

images

प्रकाशित : सोमबार, जेठ २३ २०७९१२:३३

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ