शनिबार, वैशाख ८ गते २०८१    
images
images

दुई महिनामै भित्रिए ३६ सय कार र ६४ हजार मोटरसाइकल

कार र मोटरसाइकल बिक्रीमा कोरोना ‘सकियो’

images
बिजनेस न्युज
images
दुई महिनामै भित्रिए ३६ सय कार र ६४ हजार मोटरसाइकल

त्यस्तै गत आर्थिक वर्षको पहिलो दुई महिनामा २८ हजार १ सय ८ वटा मोटरसाइकल तथा स्कुटर आयात भएको थियो। यो वर्षको साउन र भदौमा मोटरसाइकल तथा स्कुटर आयात १ सय ३० प्रतिशतले बढेर ६४ हजार ७ सय १० वटा आएको छ। 

images
images

काठमाडौं- चालु वर्षको पहिलो दुई महिनामा ३६ सय कार, जिप भ्यान भित्रिएका छन्। त्यसैगरि यही अवधिमा ६४ हजार ७ सय १० वटा मोटरसाइकल तथा स्कुटर आयात भएका छन्। 

images
images
images

गत वर्षको कोरोना महामारीको प्रभाव कायमै रहँदा मुख्य सिजनमा कार तथा मोटरसाइकलको बिक्री उत्साहजनक थिएन। तर यो वर्ष भने कोरोनाको असर मत्थर हुँदै गएकाले दसैँतिहारमा कार तथा मोटरसाइकलको बिक्री उल्लेख्य हुने भएको छ। 

images

गत वर्षको साउन र भदौमा १३ सय कार, जिप, भ्यान आयात भएको भन्सारको तथ्यांक छ। तर यो वर्ष कार, जिप, भ्यानका आयात १ सय ७६ प्रतिशतले बढेर ३६ सय वटा पुगेको हो। 

images

सरकारले गत वर्षको साउन र भदौमा कार, जिप, भ्यानको आयातबाट २ अर्ब राजश्व संकलन गरेको थियो। यो वर्षको दुई महिनामा कार, जिप, भ्यान आयातबाट सरकारले १० अर्ब राजश्व उठाएको छ। 

images
images

त्यस्तै गत आर्थिक वर्षको पहिलो दुई महिनामा २८ हजार १ सय ८ वटा मोटरसाइकल तथा स्कुटर आयात भएको थियो। यो वर्षको साउन र भदौमा मोटरसाइकल तथा स्कुटर आयात १ सय ३० प्रतिशतले बढेर ६४ हजार ७ सय १० वटा आएको छ। 

कोरोनाको दोस्रो लहर विश्भर नै करिब मत्थर हुँदै गएको छ। तर पनि कोरोनाको दुवै लहरका कारण सिर्जित लकडाउनपछि धेरै उत्पादनहरुको ‘चेन’ भत्किएको छ। कार उत्पादनको चेन समेत ब्रेक भयो। अहिले विश्वभरका कार उत्पादकहरूले कार उत्पादनमा प्रयोग हुने ‘माइक्रो चिप’को अभाव खेपिरहेका छन्। 

यो असरबाट भारतीय अटोमोबाइल बजार पनि उत्रिन सकेको छैन। चाडपर्वको सिजनमा भारतमा कारको माग उच्च हुने गरेको छ। नेपाली बजारमा समेत कारको माग उच्च रहेको सवारी बिक्रेताहरुको भनाइ छ। 

नेपाल आउने करिब ८० प्रतिशत सवारी भारतमै उत्पादन हुन्छन्। सवारी उत्पादकहरुले मागेजति कार दिन नसकेको किया मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिका एजीएम अनिष लामिछानेले बताए। 

दसैँतिहार नजिकिँदै गर्दा सवारीसााधनको माग वृद्धि भइरहेको छ। भारतमा पनि चाडपर्व सिजन आएको र नेपालमा समेत त्यही समयमा दसैँतिहार आनउने भएकाले कारको माग र आपूर्ती सन्तुलन निल्न गाह्रो हुने सवारी बिक्रेताहरुको छातासंस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ।

विगतमा पनि चाडपर्वको समयमा कारको माग बढ्ने गरेको भएपनि यो वर्ष चिप अभावका कारण कार उत्पादन नै कम हुँदा समस्या देखिएको हो। तर पनि नेपालमा भारत, चीनलगायत तेस्रो मुलुकबाट कारको आयात भनेको बढेको तथ्यांक छ। 

नेपाली बजारमा मारुती सुजुकी, टाटा, किया, हुन्डाई, महिन्द्रा, टोयोटा, फक्सवागन, रेनो, स्कोडा, जिप, निसानलगायत ब्रान्डका कार बिक्री हुँदै आएका छन्। त्यस्तै चिनियाँ ब्रान्डका विद्युतीयसहित अन्य कार समेत बिक्री हुँदै आएको छ। 

images

प्रकाशित : शुक्रबार, असोज ८ २०७८१२:२५
  • सम्बन्धित विषय:

  • # कार
  • # माेटरसाइल
  • # कार आयात
  • # माेटरसाइकल आयात
  • # भन्सार
  • प्रतिक्रिया दिनुहोस