शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

नाडा अटो एक्स्पो २०२२ को रजिष्ट्रेशन जेठ २६ गतेदेखि खोलिँदै

images
images
images
नाडा अटो एक्स्पो २०२२ को रजिष्ट्रेशन जेठ २६ गतेदेखि खोलिँदै

सवारी साधन, पार्टपुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एकमात्र प्रदर्शनीको नाडा अटो एक्सपोको १५औं संस्करण भदौ ७ देखि हुने तय भएको हो।

images
images

काठमाडौं- नाडा अटोमोबाइल्स एशोशिएसन अफ नेपालद्वारा आगामी भदौ ७ देखि १२ गतेसम्म नाडा अटो एक्सपो हुने भएको छ। कोरोना महामारीका कारण विगत २ वर्षदेखि राकिएको अटो सो यो वर्ष भने हुने निश्चित भएको छ। 

images
images
images

सवारी साधन, पार्टपुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एकमात्र प्रदर्शनीको नाडा अटो एक्सपोको १५औं संस्करण भदौ ७ देखि हुने तय भएको हो। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको यही जेठ २६ गतेदेखि ३० गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिने भएको छ। सिमित ठाउँ तर प्रदर्शनी सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्याधिक माग भएकाले यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने भएको छ। 

images

प्रदर्शनीमा २-पाङग्रे, ४-पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्टस् एवं ग्यारेज उपकरणहरुलाई समूहअनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्थ मिलाइएको छ नाडाले जनाएको छ। 

images

विगतका संस्करणहरुमा उल्लेखिय रुपमा सोधपुछ भएकाले यस वर्षदेखि कमर्सियल भेहिकलहरुलाई पनि सम्मिलित गर्ने उदेश्यले कमर्सियल भेहिकलहरुको सहभागिताका लागिसमेत स्टल बुकिङ रजिष्ट्रेशन आवहान गरिएको छ।

images
images

कोभिड संक्रमण न्यून हुँदै भएकाले सुस्त रुपमा गतिलिन थालेको नेपाली अर्थतन्त्र पुनः सुस्ताइ रहेको अवस्थामा यस नाडा अटो एक्स्पो २०२२ ले केही हदसम्म भए पनि उद्योगी, व्यापारी एंव उद्यमीहरूमाझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्दै नयाँ उर्जा थप्न सक्ने आयोजकको विश्वास रहेको छ।

images

प्रकाशित : सोमबार, जेठ २३ २०७९१०:१६

प्रतिक्रिया दिनुहोस