बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

हिमालयन बैंकको सेयर कारोबार एक वर्षपछि फुकुवा, खुलेकै दिन नकारात्मक सर्किट

सोमबार, जेठ २३ २०७९
हिमालयन बैंकको सेयर कारोबार एक वर्षपछि फुकुवा, खुलेकै दिन नकारात्मक सर्किट

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि हिमालयन बैंकको सेयर कारोबार फुकुवा भएको छ। सोमबारबाट आधारभूत सेयरधनीहरु बाहेकका सेयरधनीहरुको सेयर कारोबार फुकुवा भएको हो।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच २०७८ बैशाख ३० मर्जरमा जाने प्रारम्भिक सम्झौता भएपछि नेप्सेले कारोबार रोक्का गरेको थियो। कारोबार खुलेकै दिन सोमबार कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ।

कम्पनीको प्रति कित्ता सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ। प्रतिकित्ता ९.९९ अंकले सेयर मूल्य घट्दा कम्पनीको प्रतिकित्ता मूल्य ३५८.९० कायम भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ३९.८५ रुपैयाँले घटेको हो। 


प्रकाशित : सोमबार, जेठ २३ २०७९०६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend