बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जले बन्नेछ सबैभन्दा ठूलो बैंक, अन्य सूचक कस्तो?

सोमबार, जेठ २३ २०७९
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जले बन्नेछ सबैभन्दा ठूलो बैंक, अन्य सूचक कस्तो?

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जले मूर्तरुप पाएमा चुक्ता पुँजीको हिसाबले सबैभन्दा ठूलो बैंक बन्ने छ। गत साता मात्रै दुई बैंकले मर्जरका लागि अन्तिम तयारी गर्दै स्वाप रेसियो टुंगो लगाएका थिए।

औपचारिक रुपमा हालसम्म कुनै सम्झौता नभएपनि दुई बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर हुन लागेको हो। चुक्ता पुँजीको हिसाबले ग्लोबल बैंक सबैभन्दा ठूलो बैंक हो। जसको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ।

मेगा बैंकका सेयर धनीको १०० कित्ता सेयर हुँदा मर्जपछि ९० कित्ता हुनेगरी अनौपचारिक सहमति भएको हो। दुई बैंक मर्ज भएपछि चुक्तापुँजी ३२ अर्ब ८० करोड रुपैयाँ हुनेछ। नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड चुक्ता पुँजी रहेको छ। मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ।

मर्जरपछि बन्ने बैंकको चुक्तापुँजी स्वाप रेसियोबाट आउने पैसाले दिने लाभांशले बैंकको चुक्तापुँजी मात्र ३४ अर्बभन्दा बढी हुने छ। दुवै बैंकको सञ्चालक समितिले अबको दुई हप्ताभित्रै सम्झौताको तयारी गरेको बैंकको नाम पनि फाइनल भएको छैन। दुई बैंकले आफ्ना नामको अस्तित्व नमेटाउने छलफल गरिरहेका छन्। 

मेगा बैंकको बजार पुँजीकरण ३७ अर्ब १५ करोड रहेको छ। त्यस्तै इन्भेष्टमेन्ट बैंकको बजार पुँजीकरण ५२ अर्ब ५४ लाख रुपैयाँ रहेको छ। मर्जरमा जाने भनेर चर्चा चलेपनि सेयर मूल्य भने दुवैको घटिरहेको छ। 


प्रकाशित : सोमबार, जेठ २३ २०७९०६:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend