बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

आदर्श लघुवित्तले असार १ देखि आईपीओ जारी गर्ने, कति दिने आवेदन?

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २३ २०७९
आदर्श लघुवित्तले असार १ देखि आईपीओ जारी गर्ने, कति  दिने  आवेदन?

काठमाडौं- आदर्श लघुवित्त वित्तीय संस्थाले असार १ गतेबाट सेयर जारी गर्ने भएको छ। कम्पनीले असार ६ गतेसम्म सेयर आवेदन दिन सकिने व्यवस्था गरेको छ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका ६७ हजार कित्ता सेयर जारी गर्न लागेको हो। यसमध्ये एक हजार ३५ कित्ता सेयर कर्मचारीले पाउने छन्। अर्को ३ हजार ३५० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहको ६२ हजार ६१५ कित्ता सेयर मात्र सर्वसाधारणको हातमा पुग्ने छ।

कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र बढीमा एक हजार कित्ताका लागि आवेदन दिन सकिन्छ। कम्पनीको बिक्री प्रबन्धकमा बिओके क्यापिटल तोकिएको छ।


प्रकाशित : सोमबार, जेठ २३ २०७९०५:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend