बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बलेफी हाइड्रोको दोस्रो बजारमा सेयर मूल्य लगातार सकारात्मक सर्किट, कतिसम्म पुग्ला?

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २३ २०७९
बलेफी हाइड्रोको दोस्रो बजारमा सेयर मूल्य लगातार सकारात्मक सर्किट, कतिसम्म पुग्ला?

काठमाडौं- बलेफी हाइड्रोपावरको आईपीओका लगानीकर्ताले ८ दिनमा बल्ल १६८० रुपैयाँ कमाएका छन्। अघिल्लो  साताको मंगलबार बलेफीको सेयर नेप्सेमा सूचीकृत भएको थियो।

बलेफीको कुल १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता सेयर सूचीकृत भएको थियो। अहिले दोस्रो बजारमा ८ दिनदेखि कारोबार भइरहेको छ। पहिलो कारोबार १०४.७० रुपैयाँमा पहिलो भएको हो। कारोबार भएको सुरुवातमा दिनमा केही कम दरमा बढेपनि पछिल्लो तीन दिनमा भने सकारात्मक सर्किट लाग्दै आएको छ।

balefi.PNG

अहिलेपनि कम्पनीको सेयर मूल्य १६८.६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। घट्दो बजारमै रहेकोले सेयर मूल्य अहिले नै कतिसम्म जान सक्छ भन्ने अनुमान गर्न कठिन छ। 

नेप्सेले कम्पनीलाई ९३.६४ रुपैयाँदेखि २८०.९२ रुपैयाँको ओपनिङ रेञ्ज दिएको थियो। तर १०४ रुपैयाँमा पहिलो कारोबार भएको थियो। नेप्सेले कम्पनीको सिम्बोल बीएचएल निर्धारण गरेको छ।    

कुल सूचीकृत सेयरमध्ये १० प्रतिशत अर्थात् १८ लाख २७ हजार ९७० कित्ता आयोजना प्रभावित बासिन्दालाई कम्पनीले वितरण गरेको थियो। यस्तै, बलेफीको १८ लाख २७ हजार ९७० कित्ता सेयर सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीहरु माझ वितरण भएको हो। सूचीकृत एक करोड ८२ लाख ७९ हजार ७ सय कित्ता मध्ये ८० प्रतिशत कम्पनीका संस्थापकहरुको अंश छ। 


प्रकाशित : सोमबार, जेठ २३ २०७९००:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend