शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

नेपालमा मनसुन भित्रने सरदर मितिभन्दा अगाडि नै आयो

images
बिजनेस न्युज
images
images
नेपालमा मनसुन भित्रने सरदर मितिभन्दा अगाडि नै आयो
images
images

काठमाडौं- नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा अगाडि नेपालको पूर्वी भेगबाट प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 
महाशाखाले आजै विशेष बुलेटिन निकालेर हाल यस वर्षको मनसुन प्रणाली आजका दिन नेपालको प्रदेश नं १ मा आगमन भएको जनाएको छ।

images
images
images

नेपालको अन्य भू-भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने महाशाखाको अनुमान छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएको विभागले जनाए पनि यसअघि विभागकै वेवसाइटमा नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने उल्लेख गरिएको थियो।  

images

देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ। जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ। यसै सन्दर्भमा यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र सोहीअनुसार नियमितरुपमा अद्यावधिक गर्दै जाने बुलेटिनमा उल्लेख छ।

images

images

प्रकाशित : आइतबार, जेठ २२ २०७९११:११
प्रतिक्रिया दिनुहोस