मंगलबार, असोज १ गते २०८१    
images
images
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

उडान अवतरणमा अवरोध खडा गर्ने रिठेपानी डाँडा काट्न बाटो खुल्यो

images
सोमबार, जेठ २३ २०७९
images
images
उडान अवतरणमा अवरोध खडा गर्ने रिठेपानी डाँडा काट्न बाटो खुल्यो

कास्कीको पोखरामा निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आवरोध खडा गर्ने रिठेपानी डाँडा कटानका लागि तयार पारिएको पुरक ईआईए स्वीकृत भएको छ।

images
images

काठमाडौं- कास्कीको पोखरामा निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आवरोध खडा गर्ने रिठेपानी डाँडा कटानका लागि तयार पारिएको पूरक ईआईए स्वीकृत भएको छ।

images
images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट पहिले पटक २०७१ फागनु २६ गते तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको थियो। तर विमानस्थल सञ्चालनमा रिठेपानी डाँडा अवरोध भएसँगै डाँडा कटानीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरवको आयोजना  निर्देशनाल मातहतनको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले पूरक ईआईए तयार पारेका थियो।

यसरी तयार भएको पूरक ईआईए वन तथा वातावरण मन्त्रालयले सबै प्रक्रिया पूरा गर्दै राय सुझावका लागि सार्वजनिक गरेको थियो। वन तथा वातावरण मन्त्रालयले चैतको पहिलो साता पूरक ईआईए सार्वजनिक गरेको थियो।

यसरी सार्वजनकि भएको पूरक ईआईइ वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले स्वीकृत गरेको हो। आयोजना निर्देशनालयका प्रमुख बाबुराम पौडेलले वन तथा वातावरण मन्त्रालयबाट पूरक ईआईए जेठ १७ गते स्वीकृतको जानकारी पत्र आएको बताए।

images

विमानस्थल सञ्चालनसँगै उडान तथा अवतरणमा निर्माणाधीन विमानस्थलको पूर्वी सीमानाबाट करिब १.३५ किलोमिटरको दुरीमा रहेको रिठेपानी डाँडा अवरोधक बनेको थियो।  

सोही डाँडा कटानीका लागि आयोजनाले पूरक वातावरणीय प्रभाव मूल्यांकन तयार पारेको थियो। पूरक वातावरणीय प्रभाव मूल्यांकन बनाउने आयोजनाले एक वर्षअगाडि नै स्वीकृति पाएको थियो। एक वर्षभन्दा बढी लामो समय लगाएर पूरक ईआईए स्वीकृत भएको हो।

ईआईए स्वीकृत भएसँगै अब डाँडा कटानीको प्रक्रिया थालनी हुने पौडेलले बताए। अहिले अब फास्ट ट्रयाकबाट गर्ने कि सार्वजनिक खरिद प्रक्रियाबाट गर्ने भने विषय अहिले नै निर्णय नभएको पौडेलले बताए। 

सार्वजनिक भएको रिर्पोटमा जहाज उडान तथा अवतरणमा अवरोध पर्ने उक्त डाँडाको २.१७६ हेक्टर वनलाई अवश्यकता अनुसार १२ मिटर देखि ४० मिटरसम्म कटान गर्नु पर्ने र डाँडाकटान सँगै यस क्षेत्रमा रहेका ६०० वटा रुख तथा पोल आकारका रुखहरू हटाइनु पर्ने उल्लेख गरिएको थियो। सोहीअनुसार नै ईआईए स्वीकृत भएको हो। 

डाँडा कटानी नहुँदासम्म क्यालिब्रेसन उडान नहुने

विमानस्थल निर्माण सम्पन्न गर्नुपर्ने समय २०२२ को जुलाई १० हो। विमानस्थल निर्माण सम्पन्न गर्ने कम्पनीले अहिले विमानस्थल निर्माण सकेपनि क्यालिनब्रेन उडान भने गर्न नपाउने भएको छ।

विमानस्थलबाट क्यालिब्रेसन उडान हुनका लागि १४ मिटर डाँडा कटानी गर्नु पर्ने छ। तर डाँडा कटानीका लागि फास्ट ट‍्रयाकमा जाँदा प्रक्रिया सुर गरेपछि पनि दुई महिनासम्म लाग्ने छ भने सबै खरिद प्रक्रिया पूरा गर्ने हो भने ६ महिनासम्म लाग्ने आयोजना कार्यालयकै भनाइ छ।

विमानस्थल निर्माणको काम लगभग सकिएको आयोजना प्रमुख बिनेस मुनाकर्मीले बताए। ‘विमानस्थलभित्र सबै संरचना निर्माणदेखि फिनिसिङको काम सकिएको छ,’ उनले भने, ‘केही साना मसिना काम भने बाँकी रहेका छ। यो पनि अबको एक महिनाको समयभित्रै सबै सम्पन्न हुन्छ।’

डाँडा कटानी नहुँदासम्म विमानस्थलमा क्यालिब्रेसन उडान नहुने र विमानस्थल निर्माण सम्पन्न भयो भनेर भन्न पनि मिल्ने अवस्था नरहेको उनको भनाइ छ। डाँडा कटानमा पनि निजी क्षेत्रको जग्गा पर्ने डाँडा कटानी भइसकेको छ। तर सरकारी जग्गाको काम भने अब बल्ल सुरु हुनेछ। डाँडा कटानीमा जति ढिला हुन्छ विमानस्थलको क्यालिब्रेसन उडानमा ढिला हुने मुनाकर्मी बताउँछन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले भने सन् २०२३ को आगमनसँगै विमानस्थलबाट व्यवसायिक उडान गर्ने लक्ष्य लिएको छ।

डाँडा कटानीमा मात्रै १ करोड ५३ लाख रुपैयाँ

रिठेपानी डाँडा कटानमा १ करोड ५३ लाख खर्च हुने भएको छ। यो डाँडा कटानीबाट वातावरणमा पर्ने असर न्यूनीकरणका खर्च हुने रकम हो। डाँडा कटानी लाग्ने रकम पनि यसमा समावेश गरिएको छ।

रिपोर्टअनुसार ६ सय वटा रुख कटानी गरी १० प्रतिशत रुख रोपण तथा ५ वर्षसम्मको हेरचाहका लागि ६९ लाख ४८ हजार रुपैयाँ लाग्नेछ।यसैगरी धुलो उड्ने क्षेत्रमा पानी छर्कनका लागि ९० हजार, सुरक्षा तथा जनचेतनका लागि १ लाख ५० हजार, पूर्वाधार विकास तथा सुधार गर्न सहयोगमा २५ लाख रुपैयाँ र अन्य विविध काममा लागि ९ लाख ५८ हजार रुपैयाँ लाग्ने अनुमान रिपोर्टमा उल्लेख छ।

यसैगरी वातावरणीय अनुगमनका लागि ३३ लाख ३७ हजार, प्रभाव अनुगम  मूल्यांकनका लागि ७ लाख ४ हजार र वातावरणीय परीक्षणका लागि ६ लाख ५ हजार रुपैयाँ खर्च हुने आयोजनको अनुमान छ। सबै शीर्षकमा गरी अनुमानित कुल १ करोड ५३ लाख २ हजार ८ सय रुपैयाँ खर्च हुने रिपोर्टमा उल्लेख छ।

विमानस्थल निर्माण लागत

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी पर्यटन उद्योगको प्रबर्द्धन गर्ने सरकारी लक्ष्य छ। सन् २०११ मा आयोजना सुरु भएता पनि नेपाल सरकार र चीन सरकारबीच २०१७ मार्चमा ऋण सम्झौता भइ सन् २०२१ सम्म सम्पन्न गर्ने लक्ष्यसहित काम थालनी भएको थियो। 

चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो। तर अहिले समय थप गरी २०२२ को जुलाईसम्म काम सक्ने लक्ष्य लिइएको छ।

यो आयोजनाको कुल अनुमानित लागत २१ अर्ब ६० करोड रहेको छ। आर्थिक वर्ष २०७५/७६ मा नै यो आयोजनको धावनमार्ग ट्याक्सी वे र एप्रोन निर्माण गर्ने कार्य सम्पन्न भएको थियो। अहिले विमानस्थलभित्र बन्ने टर्मिनल भवन र अन्य १४ वटा भवनहरू निर्माण काम सम्पन भइसकेको छ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मादण्डअनुसार फोरडी मोडलमा निर्माण हुने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यस्तरका जहाजबाट उडान तथा अवसतरण गर्न सकिने छ। पोखरा विमानस्थललाई हव बनाएर बुद्ध एयरले अन्तर प्रदेश तथा भारतका सहरहरूमा समेत उडान गर्ने तयारी गरिरहेको छ।


प्रकाशित : सोमबार, जेठ २३ २०७९००:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend