बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

राष्ट्र बैंकका गभर्नरलाई प्रधानमन्त्रीको निर्देशन - सेयर बजारको समस्या समाधान गर्नू

आइतबार, जेठ २२ २०७९
राष्ट्र बैंकका गभर्नरलाई प्रधानमन्त्रीको निर्देशन - सेयर बजारको समस्या समाधान गर्नू

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सेयर बजारमा देखिएको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन्। उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पुँजीबजारमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशनसमेत दिएका छन्। 

नेपाल पुँजी बजार लगानीकर्ता संघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले समस्या समाधानको पहलकदमी लिने बताएका हुन्। 'हाम्रै अगाडी गभर्नर अधिकारीलाई फोन गरी पुँजीबजारमा देखिएका समस्या हल गर्न निर्देशन दिनु भएको हो,’ संघकी अध्यक्ष राधा पोखरेलले भनिन्।

प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई आम लगानीकर्ताको समस्या सुन्ने मात्र नभइ उचित समाधान र समस्याको पहिचान गरी कार्यान्वयन गर्नसमेत निर्देशन दिएको अध्यक्ष पोखरेलले बताइन्।

संघले प्रधानमन्त्री देउवालाई नेपाली पुँजी बजारको वर्तमान अवस्थालाई उजागर गर्दै ४ बुँदे ज्ञापनपत्रसमेत बुझाएको अध्यक्ष पोखरेलले जानकारी दिइन्। ज्ञापनपत्रको पहिलो बुँदामा सेयर धितो कर्जामा लगाइएको ४ करोड र १२ करोडको क्यापलाई पूर्ण रुपमा खारेज गर्न माग गरिएको छ। 


प्रकाशित : आइतबार, जेठ २२ २०७९०७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend