बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता प्रवर्द्धन र्‍याली

शनिबार, जेठ २१ २०७९
ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता प्रवर्द्धन र्‍याली

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय साक्षरताको प्रवर्द्धनका लागि र्‍याली (वकाथोन) को आयोजना गरेको छ। 

शनिबार चितवनको नारायणगढ बजारको पुल्चोकदेखि भरतपुर हाइटसम्म आयोजना गरिएको उक्त र्‍यालीमा सहभागीहरूले वित्तीय साक्षरतामूलक नारा लेखिएका ब्यानर तथा प्लाकार्ड  लिएका थिए।

बचत गरौं भन्ने मूल नाराका साथ आयोजित उक्त र्‍यालीमा सर्वसाधारणलाई वित्तीय कारोबारसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै वित्तीय कारोबारमा  उनीहरूको पहुँच अभिवृद्धि गर्ने बैंकको विस्वासले विश्वास लिएको छ।

कार्यक्रमा बैंक सञ्चालक समितिका अध्यक्ष, समितिका सदस्यहरू, उच्च व्यवस्थापन तथा कर्मचारी गरी करिब ५ सय जनाको उपस्थिति रहेको बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ।


प्रकाशित : शनिबार, जेठ २१ २०७९०८:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend