मंगलबार, असोज १ गते २०८१    
images
images

तारा एयरको जहाज दुर्घटना चाँजबुझ आयोगले गर्‍यो स्थलगत अध्ययन

images
शनिबार, जेठ २१ २०७९
images
images
तारा एयरको जहाज दुर्घटना चाँजबुझ आयोगले गर्‍यो स्थलगत अध्ययन
images
images

काठमाडौं- तारा एयरको जहाज दुर्घटनाका बारेमा जाँचबुझ गर्न बनेको आयोगले जहाज दुर्घटनास्थलको अध्ययन अवलोकन गरेको छ।

images
images
images

शनिबार बिहान छानबीन आयोगका प्रतिनिधिहरूले मुस्ताङको थासाङ २ सानुशरेको स्थलगत तथा एरियल अवलोकन गरेको हो।

एयर डाइनास्टीको हेलिकोप्टरबाट स्थलगत अवलोकनमा पुगेका आयोगका प्रतिनिधिले स्थलगत तथा एयरियल दुवै अध्ययन गरी पर्किएको हो।

तारा एयरको जहाज जेठ १५ गते बिहान १० बजेतिर पोखराबाट जोमसोमका लागि उडान भर्ने क्रममा मुस्ताङको सानुशरेमा दुर्घटना भएको थियो। जहाज दुर्घटनामा दुई जना जर्मन नागरिक, चारजना भारतीय, १३ जना नेपाली यात्रुसहित चालक दलका ३ सदस्य सबैको निधन भएको थियो। 

images

जाँचबुझ आयोगमा वरिष्ठ एरोनेटिकल इन्जिनियर रतिश चन्द्रलाल सुमन, क्याप्टेन दीपुराज ज्वार्चन, बरिष्ठ मेन्टेनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, बरिष्ठ मौसमविद् मणिरत्न शाक्य र सदस्यसचिव प्राविधिक बुद्धिसागर लामिछाने रहेका छन्। 


प्रकाशित : शनिबार, जेठ २१ २०७९०८:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend