आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

दुई महिनाको आयात : डिजेललाई उछिन्यो भटमासको तेलले 

शुक्रबार, असोज ८ २०७८
दुई महिनाको आयात : डिजेललाई उछिन्यो भटमासको तेलले 

यो अवधिमा धेरै आयात हुने वस्तुमा भटमासको प्रसोधन नगरिएको तेलले उछिनेको छ। भन्सार विभागले समूहभन्दा पनि समान प्रकृतिका वस्तुको फरक एचएस कोड अनुसारको तथ्यांक प्रकाशित गर्दै आएको छ। यसमा डिजेल, पेट्रोल र एलपीजीको तथ्यांक फरक रुपमा राखिन्छ। 

काठमाडौं- साउन र भदौमा प्रति महिना १५० अर्बभन्दा बढीको आयात भएको छ। भन्सार विभागले प्रकाशित गरेको तथ्यांक अनुसार वस्तु मासिक वस्तु आयातमा उच्च बिन्दु हो। 

साउनमै १ खर्ब ५० अर्बको आयात भएकोमा दोस्रो महिना भदौमा त्यो भन्दा बढीको आयात भएको छ। विभागको तथ्यांक अनुसार भदौमा मात्र १ खर्ब ६३ अर्बको आयात भएको छ। दुई महिनामा कूल ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँको वस्तु आयात भएको छ। 

यो अवधिमा धेरै आयात हुने वस्तुमा भटमासको प्रसोधन नगरिएको तेलले उछिनेको छ। भन्सार विभागले समूहभन्दा पनि समान प्रकृतिका वस्तुको फरक एचएस कोड अनुसारको तथ्यांक प्रकाशित गर्दै आएको छ। यसमा डिजेल, पेट्रोल र एलपीजीको तथ्यांक फरक रुपमा राखिन्छ। 

यसरी वर्गिकरण अनुसार नेपालले दुई महिनामा डिजेलभन्दा बढी भटमासको अप्रसोधित तेलमा धेरै खर्चिएको छ। दुई महिनामा ८ अर्ब ३२ करोड ८९ लाख रुपैयाँको भटमासको अप्रशोधित तेल आयात भएको छ। त्यस्तै दोस्रोमा रहेको डिजेल ६ अर्ब ६४ करोड रुपैयाँको आयात भएको छ। 

अघिल्लो वर्षको यही अवधिमा भने लकडाउन पूर्ण नखुलेका कारण पेट्रोलियम पदार्थको आयात प्रभावित भएको थियो। सो अवधिमा मोबाइलको आयात सबैभन्दा धेरै थियो। तर पछिल्लो समय मासिक आयातको तथ्यांकमा प्राय डिजेलले उछिन्दै आएको थियो। 

यो वर्षको सुरुमै डिजेलभन्दा भटमासको तेलका लागि धेरै खर्च भएको छ। साउनमै भटमासको तेलको आयात धेरै भएको थियो। तेस्रो मुलुकबाट अप्रशोधित तेलको आयात गरी नेपालमा प्रसोधन गरेर व्यवसायीहरूले भारत निर्यात गर्दै आएका छन्। गत वर्ष भारतले पाम तेलको आयातमा रोक लगाएको थियो। पाममा प्रतिबन्ध लागेपछि व्यवसायीले भटमासको तेल निर्यात गर्न सुरु गरेका थिए। 

भारतमा खाने तेलको पर्याप्त आपूर्त नहुँदा मूल्य अकासिएको छ। नेपाली बजारमा पनि खाने तेलको मूल्य बढिरहेको छ। 

नेपालबाट दुई महिनामै ४४ अर्बको निर्यात भएको छ। निर्यात हुने वस्तुमा पनि सबैभन्दा धेरै भटमासकै तेल छ। नेपालबाट यो बीचमा १६ अर्ब ४८ करोड रुपैयाँको भटमासको प्रसोधित तेल निर्यात भएको छ। 

यो बीचमा नेपालबाट तेलन वस्तुको निर्यात धेरै भएको छ। भटमासको तेलपछि पाम तेल निर्यात भएको छ। पामको विभिन्न स्वरुपका तेल निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ। विभागको तथ्यांकअनुसार यो बीचमा पाम तेल ७ अर्बको निर्यात भएको छ। पामको पनि अप्रशोधित तेल आयात हुने गरेको छ। 

 


प्रकाशित : शुक्रबार, असोज ८ २०७८११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend