बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

वार्षिक १० करोडमाथिको कारोबार गर्ने कम्पनीले अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्ने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २० २०७९
वार्षिक १० करोडमाथिको कारोबार गर्ने कम्पनीले  अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्ने

अब भने १० करोडमाथिको कारोबार गर्नेका लागि अनिवार्य बिजक जारी गर्नुपर्ने भएको छ। 

काठमाडौं-  वार्षिक १० करोड रुपैयाँमाथिको कारोबार गर्ने कम्पनीले अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्ने  भएको छ। 

सुरुमा वर्षमा ८० करोडमाथिको कारोबार गर्नेका लागि अनिवार्य गरिएको यो व्यवस्था यसअघि ३५ करोडको कारोबारमा अनिवार्य गरिएको थियो।  निश्चित तोकिएका केही व्यवसायका लागि १० करोडको कारोबार गर्नेले पनि यसमा जोडिनुप्ने थियो। 

अब भने १० करोडमाथिको कारोबार गर्नेका लागि अनिवार्य बिजक जारी गर्नुपर्ने भएको छ। 

यसरी अनलाइन बिजक जारी गर्ने कम्पनीको गतिविधि केन्द्रीय बिलिङ मनिटरिङ सिस्टममा जोडिने छ। यसको माध्यमबाट आन्तरिक राजस्व विभागले नियमन गर्नसक्ने छ।

बैंक तथा वित्तीय संस्थालाई भने यो अनिवार्य हुने छैन। तर बक्स अफिसमा जोडिएका काठमाडौं बाहिरका सिनेमा हल पनि जोडिनु पर्ने छ। 


प्रकाशित : शुक्रबार, जेठ २० २०७९१४:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend