सोमबार, असोज ७ गते २०८१    
images
images

'डिजिटल इकोनोमी कन्क्लेभ' सम्पन्न

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २० २०७९
images
images
'डिजिटल इकोनोमी कन्क्लेभ' सम्पन्न

कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागी ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोषले मन्तव्य राखेका थिए। कार्यक्रममा उनले नेपालले पछिल्ला दिनमा डिजिटल भुक्तानीमा ठुलो फड्को मारेको बताए। 

images
images

काठमाडौं- मुलुकको अर्थतन्त्रमा देखिएको बढ्दो डिजीटाइजेसनलाई दृष्टिगत गर्दै आयोजना गरिएको दोस्रो संस्करणको 'फोन पे डिजिटल इकोनमी कन्क्लेभ २०२२'  सम्पन्न भएको छ । ब्राण्डवर्थ प्रालिले आयोजना गरेको एक दिने कन्क्लेभ शुक्रबार काठमाडौंमा सम्पन्न भएको हो । 

images
images
images

कन्क्लेभ नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले  डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताए। उनले यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समेट्ने बताए। यसका साथै यस कार्यक्रमले डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रममा समेत सघाउन पुग्ने  उनको भनाइ छ । 

यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजीटाइजेशनको विकास उत्साहजनक देखिएको बताए।  विशेषगरी कार्यकालपछि नेपालले डिजिटल पेमेन्टमा फड्को मारेको बताए। 

कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागी ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोषले मन्तव्य राखेका थिए। कार्यक्रममा उनले नेपालले पछिल्ला दिनमा डिजिटल भुक्तानीमा ठुलो फड्को मारेको बताए। 

images

कन्क्लेभमा बिभिन्न ४ विषयमा प्यानल छलफल भएको थियो। जसमा पहिलो सत्रको 'बदलियो समय, बदलियो अर्थतन्त्र' बिषयक प्यानलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना, सञ्चार तथा  सूचना प्रविधि मन्त्रालयका सह सचिव उत्तर कुमार खत्री र  अर्थमन्त्रालयका सह सचिव महेश आचार्य वक्ताका रुपमा थिए। कार्यक्रमलाई समृद्धि फाउन्डेसनका दिपेन्द्र चौलागाइँले सहजीकरण गरेका थिए। छलफलमा उनीहरूले डिजिटल अर्थतन्त्रको विकास गर्न पूर्वाधारको विकास गर्नुपर्ने बताए। पछिल्लो समय अर्थतन्त्र डिजीटलाइज भइरहेकोले त्यसलाई पूर्णता दिन डेटा सेन्टर लगायतका पूर्वाधार विकास गर्नुपर्ने उनीहरूको भनाइ थियो।  आवश्यक पूर्वाधारको विकास गर्न सके अर्थतन्त्रको डिजीटाइजेशनमा थप फड्को मानिने उनीहरूको भनाइ छ ।

यस्तै दोस्रो सत्रमा ‘सधैका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’ विषयमा छलफल भएको थियो । विश्वबैंकका सिनियर डिजिटल स्पेसलिष्ट सिद्धार्थ राज सहजकर्ता भएको छलफलमा इम्प्याक्ट हबकी निर्देशक बहार कुमार, उटोपियाकी प्रबन्ध निर्देशक डोरी न्गुयान फुसेमेसिनकी निर्देशक रुची पाण्डे बक्ताका रुपमा थिए। उक्त सत्रमा डिजिटल इकोनोमीमा महिलाहरूलाई अवसर पुर्याउने विषयमा छलफल भएको थियो । अहिलेको इकोसिस्टम मेल डोमिनेट भएको बताउँदै त्यसलाई महिलामैत्री बनाउनुपर्ने उनीहरूको माग थियो । 

यस्तै 'नेपाल: सानो बजार कि असिमित सम्भावना ? विषयमा छलफल भएको थियो । पत्रकार जनार्दन बरालले सहजीकरण गरेको कार्यक्रममा सफल पार्टनर्सका फाउण्डर आसुतोष तिवारी, नेपाल इनफ्रास्टक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत  रामकृष्ण खतिवडा, अर्थशास्त्री श्रीबाबा पोखरेल, गोल्डस्टारकी कार्यकारी निर्देशक विदुशी राना वक्ता थिए । 

कार्यक्रममा उनीहरूले अर्थतन्त्रको विकास गर्न नेपाली अर्थतन्त्रलाई उत्पादनशिल बनाउनुपर्ने बताए । साथै, बैदेशिक व्यापारमा पनि उत्तिकै जोड दिनुपर्ने उनीहरूको  भनाइ थियो । 

यसैगरी चौथो सत्रमा हामीसँग नेपाली युनीकर्न पहिचान कहिले हुनेछ ?’ विषयमा छलफल भएको थियो ।  बैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको  सत्रमा आईएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकाल, डोल्मा इम्प्याक्ट फण्डका प्रबन्ध निर्देशक विद्यावारिदी सिग्देल, अवसर इक्वीटीका अध्यक्ष लोकेश टोडी,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडकी सिइओ उषा खतिवडा वक्ता थिए। नेपालमा युनिकर्न खोजी गर्न निजी क्षेत्रबाट बिशेष प्रकृतिको पुँजी स्थापना हुनुपर्ने उनीहरूको भनाइ थियो । 

कन्क्लेभमा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले धन्यवाद ज्ञापन गर्दै डिजिटल नेपालले नेपालीको भविष्य पनि राम्रो बनाउने र अर्थतन्त्रमा पनि सहयोग पुग्ने बताए। व्यवसाय गर्ने व्यक्तिलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । 

‘हामीले बिगत १८ बर्षदेखि डिजिटल ट्रान्सफरमेशन लगायतका व्यवसायमा काम गर्दै आएका छौं । यो बीचमा हामीले धेरै दुःख पायौं, उनले भने , ‘तर अब आउने नयाँ उद्यमीहरुले हामीले जस्तो दुःख पाउनुहुदैन । सहज रुपमा व्यवसाय गर्ने बातावरण बनाउनुपर्छ ।’

 


प्रकाशित : शुक्रबार, जेठ २० २०७९१४:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend