शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

सिप्रदी ट्रेडिङका निर्देशक दाहालले ९ घण्टा २९ मिनेटमा पूरा गरे तेन्जिङ हिलारी एभरेष्ट म्याराथन

images
images
images
सिप्रदी ट्रेडिङका निर्देशक दाहालले ९ घण्टा २९ मिनेटमा पूरा गरे तेन्जिङ हिलारी एभरेष्ट म्याराथन

६९ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा तेन्जिङ हिलारी एभरेष्ट म्याराथनमा भाग लिन सिप्रदी ट्रेडिङका निर्देशक दाहालसँगै २४ विभिन्न राष्ट्रका १४७ जना सहभागी थिए।

images
images

काठमाडौं- सिप्रदी ट्रेडिङ प्रालिका निर्देशक शम्भुप्रसाद दाहालले तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पूरा गरेका छन्। ६१ वर्षीय निर्देशक दाहालले विश्वको सबैभन्दा अग्लो ट्रेल दौड म्याराथन ’तेन्जिङ हिलारी एभरेष्ट म्याराथन’ ९ घण्टा २९ मिनेट १४ सेकेण्डमा पूरा गरेका हुन्।

images
images
images

उक्त म्याराथन ५,३६४ मिटर उचाइमा रहेको एभरेष्ट बेस क्याम्पबाट सुरु भएको थियो। त्यहाँबाट घरेपानी, लोबुचे पास, ढुङ्ला पास, डिंबोचे, फिरेची पास, ताकबोचे हुँदै ३,४४० मिटर उचाइमा भएको नाम्चे बजारसम्मको दुरी छ। एभरेष्ट बेस क्याम्पदेखि नाम्चे बजारसम्मको कुल दुरी भने ४२.१९५ किलोमिटर रहेको छ। सिप्रदी ट्रेडिङका निर्देशक दाहालले यो दुरी ९ घण्टा २९ मिनेट १४ सेकेन्डमा पार गरेका हुन्।

images

हरेक वर्ष मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइन्छ। सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीद्वारा पहिलो पटक सगरमाथाको सफल आरोहण गरिएको थिए। सन् २०२२ को सोही दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवसको ६९औं वार्षिकोत्सव अवसरमा निर्देशक दाहालले पनि तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पूरा गरेका हुन्।

images

विगत तीन महिनामा निर्देशक दाहालले तेन्जिङ हिलारी एभरेष्ट म्याराथनसहित तीन वटा म्याराथन सफलतापूर्वक पूरा गरिसकेका छन्। तेन्जिङ हिलारी एभरेष्ट म्याराथन उनको तेश्रोे म्याराथन हो। यसभन्दा अघि निर्देशक दाहालले सन् २०२२ फेब्रुअरीमा भएको ४२.९ किलोमिटरको दुरीको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र ४९ किलोमिटरको दुरी रहेको तेश्रो जुम्ला रारा अल्ट्रा म्याराथनमा पूरा  गरेका थिए।

images
images

निर्देशक दाहालले आफूलाई म्याराथनमा सहभागी हुन पाउँदा शारीरिक तथा मानसिक हिसाबले स्वस्थ भएको बताए। साथै, शारीरिक र मानसिक रूपले स्वस्थ रहंदा त्यसले आफ्नो सम्पूर्ण उत्पादकता झन् विकास भएको जनाएका छन्। आफूमात्र नभई आफ्ना साथीभाइ तथा ईष्टमित्रहरुलाई पनि प्रभाव परेको कारणले सबैलाई कुनै न कुनै रूपमा खेलकुदमा रुचि राखी निरन्तर रुपले लाग्न उनको सल्लाह छ। 

‘भर्खरै म सगरमाथा म्याराथन २०२२ मा सहभागी हुन पाए।’ यसमा म आफूले आफैंलाई निकै भाग्यशाली महशुस गर्दैछु,’ उनी भन्छन्, ’तर सगरमाथा आधार शिविरबाट खुम्बु भ्यालीको उच्च शेर्पा ट्रेलहरू पार गर्दै गर्दा मलाई एक विवादास्पद अनुभूति भयो।’ निर्देशक दाहालले आफ्नो अनुभव सुनाउँदै थप भने, ’एकतर्फ म त्यहाँको सौन्दर्यमा रमाउँदै थिएँ। नेपालको सौन्दर्यमा निकै गर्व गरिरहेको थिएँ। तर अर्कोतर्फ मेरो मन भारी भएको थियो। जलवायु परिवर्तनको नकारात्मक असरहरू त्यहाँ देखा परिरहेका थिए।’

उनका अनुसार हिमालमा हिउँको मात्र घट्दै थियो। जलवायु परिवर्तनले निकै असर गरेको छ। र, जति यस विषयमा चासो देखाउनुपर्ने हो मानवजातिले यसमा त्यति चासो देखाइरहेका छैनन्। यससँगै उनले भविष्यमा आफूले जलवायु परिवर्तनसम्बन्धी भने थप चासो देखाउने र कार्बन फुटप्रिन्टहरू घटाउने प्रयास गर्ने बताए।

६९ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा तेन्जिङ हिलारी एभरेष्ट म्याराथनमा भाग लिन सिप्रदी ट्रेडिङका निर्देशक दाहालसँगै २४ विभिन्न राष्ट्रका १४७ जना सहभागी थिए।

विगत लामो समयदेखि उनले सिप्रदीयन सहायता संस्था मार्फत खेलकुद र योसँग सान्दर्भिक कार्यक्रमहरूमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। संस्थाले खेलकुदसँग सम्बन्धित थुप्रै गतिविधिहरूमा सहयोग गर्दै आएको छ। संस्थाले जुम्लास्थित कर्णाली स्पोर्ट क्लबसँगको सहकार्यमा १६ देखि २० वर्ष उमेरका केटाकेटीहरूका लागि ’अल्ट्रा-म्याराथन रनिङ ट्रेनिङ छत्रावृत्ति’ प्रदान गर्दैछ। त्यस्तै, कम्पनीले १२ देखि १३ वर्ष उमेरका केटाकेटीहरूलाई फुटबल ट्रेनिङको लागि पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको छ।

images

प्रकाशित : शुक्रबार, जेठ २० २०७९०१:३७

प्रतिक्रिया दिनुहोस