बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ठेक्काको बिमासम्बन्धि समस्या मिल्यो  

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ८ २०७८
ठेक्काको बिमासम्बन्धि समस्या मिल्यो  

ती ठेक्काहरुको म्याद थप गर्दा आवश्यक पर्ने पुर्नबिमाका लागि बिमा कम्पनीहरूले बिमा नवीकरण गर्दा तोकिएको भन्दा बढी रकम (एक्सेस भ्यालु) वृद्धि गरी आफुखुसी पहिला जारी भएको बिमा अत्याधिक रूपले शुल्क लिन बाध्य बनाइएको महासंघको जिकिर थियो।  

काठमाडौं- आयोजनाहरुको बिमा सम्बन्धि समस्याको समाधान भएको छ। महासंघले सरोकारवालाहरुसँग छलफल गरेर उक्त समस्याको समाधान गरेको हो। 

महासंघका पदाधिकारी, बिमा समितिका पदाधिकारी र नेपाल बिमक संघका पदाधिकारीबीच भएको छलफलमा निर्माण सम्पन्न नभएका र नेपाल सरकारबाट म्याद थप भएका आयोजनाहरूको हकमा थप भएको समयावधिका लागि नेपाल बिमक संघ र महासंघबीच आपसमा समन्वय गरी एक्सेस भ्यालुकै सेवा सर्त तोकी उपयुक्त दररेटमा बिमा गर्ने गराउने सहमति भएको हुँदा सोही बमोजिम गर्न महासंघले भनेको छ। 

कोभिड–१९ लगायत विभिन्न कारणले काम हुन नसकेका आयोजनाहरूको म्याद चैत्र मसान्तसम्म थप भएको छ। ती ठेक्काहरुको म्याद थप गर्दा आवश्यक पर्ने पुर्नबिमाका लागि बिमा कम्पनीहरूले बिमा नवीकरण गर्दा तोकिएको भन्दा बढी रकम (एक्सेस भ्यालु) वृद्धि गरी आफुखुसी पहिला जारी भएको बिमा अत्याधिक रूपले शुल्क लिन बाध्य बनाइएको महासंघको जिकिर थियो।  

यसैबीच कुनै पनि निर्माण कार्यको त्रुटी सच्याउने अवधिको बिमा, म्याद थप गर्दा गरिने बिमा लगायतका समस्या सम्बन्धमा सरोकारवाला निकायहरूसँग बिमा समितिले निकट भविष्यमा अन्तरक्रिया गरी समस्या समाधान गर्ने निर्णय भएको महासंघका महासचिव रोशन दाहालद्वारा शुक्रवार जारी विज्ञप्तिमा उल्लेख छ। 

 


प्रकाशित : शुक्रबार, असोज ८ २०७८११:१७
  • सम्बन्धित विषय:

  • # ठेक्का म्याद
  • # ठेक्का बिमा
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend