मंगलबार, असोज १ गते २०८१    
images
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

व्यावसायिक प्रयोजनका लागि बनेको संरचना भाडामा लगाउन कम्पनी खोज्दै प्राधिकरण, पाँच वर्षको न्यूनतम रकम ५६ करोड

images
शुक्रबार, जेठ २० २०७९
images
images
व्यावसायिक प्रयोजनका लागि बनेको संरचना भाडामा लगाउन कम्पनी खोज्दै प्राधिकरण, पाँच वर्षको न्यूनतम रकम ५६ करोड
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्र र बाहिर व्यावसायिक प्रयोजनका लागि बनेका संरचना भाडामा दिनका लागि कम्पनी छनोट गर्ने भएको छ।

images
images
images

प्राधिकरणको केन्द्रीय कार्यालयले विमानस्थल भित्र/बाहिर बनाइएको व्यवसायिक क्षेत्र, सवारी पार्किङ, टर्मिनल भवन तथा अन्य भवनको अपरेशन तथा मर्मत संभार र बगैँचाको संरक्षण सहितका लागि कम्पनी छनोट गर्ने गरी टेन्डर गरेको छ।

प्राधिकरणले पााँच वर्षका लागि कम्पनी छनोट गर्ने गरी टेन्डर गरेको छ। प्राधिकरणले पाँच वर्षका लागि लिजमा लिन चाहेने कम्पनीले न्यूनतम ५६ करोड ७१ लाख ८५ हजार ६ सय ५८ रुपैयाँ निर्धारण गरेका छ। अब विमानस्थलभित्र तथा बाहिर प्राधिकरणले तोकेका व्यवसायिक क्षेत्र भाडामा लिन कम्पनीले न्यूनतम रकम नघटाइ प्रस्ताव पेस गर्नु पर्ने छ।

टेन्डरमा सहभागी हुन चाहने कम्पनीले जुलाई १५ भित्र प्रस्ताव पेस गर्नु पर्ने प्राधिकरणले जनाएको छ। जुलाई १५ भित्र पेस भएको प्रस्ताव जुलाई १८ मा प्राधिकरणको केन्द्रीय कार्यालय बरमहलमा खुल्ने  प्राधिकरणले जनाएको छ।

images

lagubitta 1.png

टेन्डरमा सहभागी हुनेले धरौटीवापत २ करोड ८३ लाख  ५९ हजार २ सय ८३ रुपैयाँ राख्नु पर्नेछ। प्राधिकरणले पहिलो पटक एउटै कम्पनीलाई  विमानस्थल भित्रलगायत बाहिर बनेका व्यवसायिक क्षेत्र भाडामा दिने गरी कम्पनी छनोट गर्न लागेको हो।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको व्यवसायिक क्षेत्र भाडामा लगाउँदै छुटाछुटै कम्पनीलाई दिँदै आएको थियो। यसरी अलग अलग कम्पनीलाई दिँदा समन्वयमा समस्या आएको विषयलाई ध्यानमा राखेर सहजता र विमानस्थलभित्र भाडामा लगाइएको क्षेत्र तथा अन्य क्षेत्रको मर्मत संभारका लागि पनि एकै कम्पनीबाट डिल गर्न सहजता हुने गरी कम्पनी छनोट गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक गोविन्द्रप्रसाद दाहालले जानकारी दिए। 

विमानस्थलभित्र तथा बाहिर प्राधिकरणले तोकेको क्षेत्र एउटा कम्पनीले भाडामा लिने र उसले नै अन्य कम्पनीलाई भाडामा लगाउन पाउने गरी कम्पनी छनोट गर्न लागेको उनको भनाइ छ।

तर दोस्रो पक्ष (प्राधिकरणसँग ठेक्का लिने कम्पनी)ले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा तोकेका शुल्कभन्दा बढी भने लिन नपाउने दाहालले बताए।

lagubitta 1.png

झन्डै ३० अर्ब रुपैयाँको लागतमा बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जेठ २ गते व्यवसायिक सञ्चालनमा आएको छ। विमानस्थलबाट अहिले कुवेतको जजिरा एयरले सातामा ३ वटा उडान गर्दै आएको छ। विमानस्थलबाट १५ सयभन्दा बढी यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरिसकेका छन्।

विमानस्थलबाट उडान गर्न स्वेदेशी तथा विदेशी एयरलाइन्स कम्पनीले प्रस्ताव समेत पेस गरेका छन। विमानस्थलको प्रमोसनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि एक वर्षसम्म अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीहरुलाई विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार लाग्ने शुल्कमा छुट दिने निर्णय गरिसकेको छ।

साथै विमानस्थलमा आधुनिक तथा सुविधासम्पन्न दोस्रो टर्मिनल भवन ( अन्तर्राष्ट्रिय) भवन समेत बनाइने प्रक्रिया सुरु भएको छ। टर्मिनल भवन निर्माणको विषय आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा समेत समावेश भएको छ। बजेटमा टर्मिनल भवनको आवश्यकतालाई हेरेर निर्माण प्रक्रिया अगाडि बढाइने विषय बजेटमा  समावेश भएको छ।

can notice.jpg


प्रकाशित : शुक्रबार, जेठ २० २०७९११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend