बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

उच्च लाभांश दिनसक्ने ५ लघुवित्त कम्पनी, घट्दो बजारमा सस्तोमा किन्ने अवसर (प्राविधिक विश्लेषणसहित)

शनिबार, जेठ २१ २०७९
उच्च लाभांश दिनसक्ने ५ लघुवित्त कम्पनी, घट्दो बजारमा सस्तोमा किन्ने अवसर (प्राविधिक विश्लेषणसहित)

काठमाडौं- आर्थिक वर्ष २०७८/७९ काे नाफाबाट सबैभन्दा धेरै लाभांश दिनसक्ने पाँच लघुवित्त कम्पनीको बारेमा विश्लेषण गरिएको छ। यी पाँच कम्पनीहरू जसले ५० देखि १०० प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता राख्दछन्। 

कम्पनीहरूको पछिल्लो ९ महिनाको रिपोर्टअनुसार कम्पनीको सेयरको बजार मूल्य र प्रतिसेयर आम्दानीबीचको अनुपात प्राइस टु अर्निङ (पीई) रेसियो साथै बजार मूल्य र किताबी मूल्य बीचको अनुपात प्राइस टु बुक भ्यालु (पीबी) रेसियो राम्रो देखिएको छ। जसका कारण पाँच लघुवित्तको सेयर घट्दो बजारमा खरिद गर्ने लगानीकर्ताहरूले राम्रो नाफा आर्जन गर्न सक्दछन्। 

जाल्पा सामुदायिक लघुवित्त

पछिल्लो तेस्रो त्रैमाससम्मको विवरण हेर्दा जाल्पा सामुदायिक लघुवित्त नयाँ कम्पनी भएपनि सूचकमा उत्कृष्ट देखिन्छ।चालु वर्ष नै साधारण सेयर जारी गरेको कम्पनीले गतवर्षको नाफाबाट कम्तीमा ५० प्रतिशतसम्म लाभांश दिने क्षमता राख्दछ। दोस्रो बजारमा अहिले घट्दो सेयर मूल्य भएकोले जाल्पाका सेयरधनीले भविष्यमा राम्रो नाफा कमाउन सक्ने देखिएको छ।

jalpa 1.PNG

अहिले मूल्य २२०५ रुपैयाँमा कारोबार मूल्य रहेको छ। १२० दिनको कारोबार हेर्दा १०३५ रुपैयाँ रहेको छ। कम्पनीको उच्च मूल्य २६९३ र न्यूनतम ३१८ रुपैयाँ रहेको थियो। कम्पनीको इपिएस ७२.०२ रुपैयाँ रहेको छ।

पीई रेसियो ३१.७३ प्रतिशत रहेको छ। बुक भ्यालु ३४१.२९ रहेको छ। यो कम्पनी अहिलेको अवस्थामा लगानीकर्ताका लागि आकर्षक रहेको छ। कम्पनीको लगानीकर्तालाई राम्रो लाभांश दिने भएकोले थोरै कित्ता खरिद गर्दा पनि राम्रै नाफा गर्न सक्ने देखिन्छ। 

नेशनल माइक्रोफाइनान्स

नेशनल माइक्रोफाइनान्सको अहिलेको अवस्थामा एकदमै राम्रो कम्पनीको रुपमा देखिन्छ। सूचक र मार्केटको मूल्यको आधारमा पनि कम्पनी सेयरधनीहरूका लागि आकर्षक देखिन्छ। अहिलेको मूल्य १८४९ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो ५२ हप्ताको मूल्यको कुरा गर्दा सबैभन्दा उच्च ३९२५.९० रुपैयाँसम्म कारोबार भएको थियो भने न्यूनतम १८७७ रुपैयाँ रहेको छ। 

natioal micro 1.PNG

इपिएस ७६.५५ रुपैयाँ रहेको छ। त्यस्तै पीई रेसियो २५.८७ रहेको छ। भने बुकभ्यालु २१६.७५ रहेको छ। गतवर्षको नाफाबाट लगानीकर्तालाई ५० प्रतिशत लाभांश दिएको छ।

कम्पनीको विगतका वर्षहरूमा राम्रो लाभांश दिँदै आएको छ। कम्पनीले ८० प्रतिशतसम्म लाभांश दिएको थियो। आउने वर्ष पनि कम्पनीको कम्तीमा ५० प्रतिशत लाभांश दिने निश्चित रहेको छ। 

जीवन विकास लघुवित्त कम्पनी

जीवन विकास लघुवित्त कम्पनी पनि गतवर्ष मात्रै साधारण सेयर दिएर दोस्रो बजारमा कारोबारमा आएको आकर्षक कम्पनी हो। कम्पनीको वित्तीय सूचकका हिसाबले सेयरधनीहरूलाई लाभादायी नै हुने देखिन्छ। 

jeevan 1.PNG

कम्पनीको दोस्रो बजारमा मूल्य २७९८ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो ५२ हप्ताको मूल्यको कुरा गर्दा सबैभन्दा उच्च ५५१६ रुपैयाँसम्म कारोबार भएको थियो भने न्यूनतम ८९०रुपैयाँ रहेको छ। इपिएस ७४.४६ रुपैयाँ रहेको छ। त्यस्तै पीई रेसियो ३९.३६ रहेको छ।

बुकभ्यालु २२९.२८ रहेको छ। गतवर्षको नाफाबाट  लगानीकर्तालाई ७३ प्रतिशत लाभांश दिएको छ। कम्पनीले आगामी वर्ष पनि लाभांश दिने पक्का रहेको छ। कम्पनीको क्षमता आगामी वर्ष पनि ५० देखि १०० प्रतिशतसम्म लाभांश दिन सक्ने रहेको छ। 

फरवार्ड माइक्रोफाइनान्स

फरवार्ड माइक्रोफाइनान्स कम्पनी पनि सेयरधनीको रोजाइमा पर्दै आएको कम्पनी हो। कम्पनीले दिने लाभांश तथा अन्य सूचकका हिसाबले पनि आकर्षक मानिन्छ। कम्पनीको दोस्रो बजारमा मूल्य २३१४ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो ५२ हप्ताको मूल्यको कुरा गर्दा सबैभन्दा उच्च ३३११ रुपैयाँसम्म कारोबार भएको थियो भने न्यूनतम २००० रुपैयाँ रहेको छ। 

forward 11.PNG

इपिएस १११.९७ रुपैयाँ रहेको छ। त्यस्तै पीईरेसियो २१.२८.३६ रहेको छ भने बुकभ्यालु ३००.२२ रहेको छ। गतवर्षको नाफाबाट लगानीकर्तालाई ४२ प्रतिशत लाभांश दिएको छ। विगतमा पनि कम्पनीले ६५ प्रतिशतसम्म लाभांश दिँदै आएको छ। आउने वर्ष पनि कम्पनीले ५० प्रतिशत लाभांश दिनसक्ने क्षमता राख्ने गर्दछ। 

महिला लघुवित्त

गतवर्ष दोस्रो बजारमा आएको महिला लघुवित्त कम्पनी वर्षभरी हटकेकको रुपमा रहेको थियो। कम्पनीले गत वर्ष मात्रै साधारण सेयर जारी गरेको थियो। 

mahila 11.PNG

कम्पनीको दोस्रो बजारमा मूल्य ३४०५ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो ५२ हप्ताको मूल्यको कुरा गर्दा सबैभन्दा उच्च ५७४९ रुपैयाँसम्म कारोबार भएको थियो भने न्यूनतम ३०२९रुपैयाँ रहेको छ।

इपिएस ३२.४२ रुपैयाँ रहेको छ। त्यस्तै पीई रेसियो ३८.०८ रहेको छ भने बुकभ्यालु २५९.५० रहेको छ। गतवर्षको नाफाबाट लगानीकर्तालाई ५० प्रतिशत लाभांश दिएको छ। आउने वर्ष पनि कम्पनीले लाभांश कम्तीमा ५० प्रतिशत दिनसक्ने क्षमता रहेको छ।


प्रकाशित : शनिबार, जेठ २१ २०७९००:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend