बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बिलेटको अन्त:शुल्कबारे अर्थमन्त्रीको जवाफ - नेपाली उद्योगलाई फाइदा हुने गरी बढाइएको हो

शुक्रबार, जेठ २० २०७९
बिलेटको अन्त:शुल्कबारे अर्थमन्त्रीको जवाफ - नेपाली उद्योगलाई फाइदा हुने गरी बढाइएको हो

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले स्पञ्ज आइरन नेपाल ल्याएर डण्डी उत्पादन गर्ने उद्योगको रक्षा र नेपाली उत्पादन बढाउँदै निर्यात गर्न सक्ने अवस्थालाई हेरेर बिलेटको कर बढाएको बताएका छन्।

आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छफलमा उठेका प्रश्नको उत्तर दिँदै उनले नेपाली उत्पादन बढाउँदै निर्यात गर्न सक्ने अवस्थाका लागि बिलेटमा कर बढाइएकव बताएका हुन्। 

बजेटमाथिको छलफलको क्रममा सांसदहरूले बिलेट आयातमा बढाइएको अन्त:शुल्कको विषयमा प्रश्न गरेका थिए। सांसदहरूले कुन ग्रुप वा व्यक्तिलाई फाइदा हुने गरी बिलेटको कर बढाएको भनेर प्रश्न गरेका थिए।   

अहिले नेपालमा २८ वटाभन्दा बढी उद्योगले स्पञ्ज आइन (कच्चा पदार्थ) आयात गरेर डण्डी उत्पादन गरिरहेको अवस्थालाई हेरेर बिलेटमा अन्त:शुल्क बढाइएको अर्थमन्त्रीले बताएका छन्।


प्रकाशित : शुक्रबार, जेठ २० २०७९१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend