बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

स्वास्थ्य बीमा निजी क्षेत्रलाई सुम्पिने भनिएको होइन, अध्ययन गर्ने मात्रै भनिएको हो : अर्थमन्त्री

शुक्रबार, जेठ २० २०७९
स्वास्थ्य बीमा निजी क्षेत्रलाई सुम्पिने भनिएको होइन, अध्ययन गर्ने मात्रै भनिएको हो : अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा निजी क्षेत्रलाई सुम्पिने गरी कुनै काम नभएको बताएका छन्।

आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छफलमा उठेका प्रश्नको उत्तर दिँदै उनले स्वास्थ्य बीमा निजी क्षेत्रलाई सुम्पिने गरी कुनै काम नभएको बताएका हुन्। 

बजेटमाथिको छलफलमा पूर्वस्वास्थ्यमन्त्री गगन थापालगायत केही सांसदले स्वास्थ्य बीमा निजी क्षेत्रलाई के आधारमा र कसरी दिने लागेको हो भनी प्रश्न गरेका थिए।

सोही विषयमा अर्थमन्त्री शर्माले स्वास्थ्य बीमाका विषयमा अध्ययन गर्ने मात्रै भनिएको र निजी क्षेत्रलाई दिने गरी कुनै काम नभएको बताएका हुन्। 


प्रकाशित : शुक्रबार, जेठ २० २०७९१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend