शनिबार, वैशाख १५ गते २०८१    
images
images

रासायनिक मल आयातमा ढिलाइ भएको स्वीकार गर्दै अर्थमन्त्रीले भने- अब रकम अभाव हुन दिँदैनौँ

images
images
images
रासायनिक मल आयातमा ढिलाइ भएको स्वीकार गर्दै अर्थमन्त्रीले भने- अब रकम अभाव हुन दिँदैनौँ
images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले रासायनिक मल आयातमा ढिलाइ भएको स्वीकार गरेका छन्।

images
images
images

आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छफलमा उठेका प्रश्नको उत्तर दिँदै उनले मल आयातमा ढिलाइ भएको स्वीकार गरेका हुन्।

images

अहिले मल आयात भइरहेको र क्रमश: मल किसानलाई वितरण हुँदै जाने जवाफ दिँदै उनले मल आयातमा आवश्यक रकम अभाव हुन नदिने समेत बताएका छन्। 

images

उनले मल र बीउका लागि पर्याप्त बजेट विनियोजन भएकाले आवश्यकताअनुरुप बजेट व्यवस्थापन हुने भन्दै कृषकलाई मलको अभाव हुन नदिने बताए। 

images
images

कृषि क्षेत्रमा प्रोत्साहन, बाँझो जमिनको सदुपयोग र युवालाई कृषिमा आकर्षण गर्न बजेटले कार्यक्रम समावेश गरेको उनले जानकारी दिए। किसानलाई आत्मसम्मानका साथ उत्साहित गर्नुपर्ने भएकाले योगदानमा आधारित किसान हितकोषको व्यवस्था गरिएको र बजेटले आन्तरिक उत्पादनलाई जोड दिएको उनले उल्लेख गरे। 

images

प्रकाशित : शुक्रबार, जेठ २० २०७९१०:३१

प्रतिक्रिया दिनुहोस