शुक्रबार, पुस १९ गते २०८१    
शुक्रबार, पुस १९ २०८१
images
images

थामिएन सेयर बजारको गिर्दो क्रम, सातामै १४५ अंकले घटेको बजारले १८०० कै बिन्दु पछ्याएको हो?

images
शुक्रबार, जेठ २० २०७९
images
images
थामिएन सेयर बजारको गिर्दो क्रम, सातामै १४५ अंकले घटेको बजारले १८०० कै बिन्दु पछ्याएको हो?
images
images

काठमाडौं- साताभर लगातार भइरहेको गिरावटले सेयर बजारमा थामिने बिन्दु भेटिन कठिन देखिएको छ। यो साता कारोबार भएका पाँचै दिन बजारमा गिरावट देखिएको छ। बजारको घट‍्दो ट्रेन्ड कहाँ रोकिन्छ भन्‍ने यकिन आधारसमेत देखिँदैन। 

images
images
images

सोमबार ५०.३३ अंकले घटेको बजार मंगलबार ३५.५३ अंकले घटेको थियो। बुधबार ७.२१ अंकले घटेर २१३०.७१ बिन्दुमा झरेको बजार बिहीबार पुन: घटेको हो। बिहीबार १८.२६ अंकले घटेर बजार २११२.४७ बिन्दुमा झरेको बजार शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको छ। 

images

शुक्रबार १ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ। जसमा १७ कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ४ कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन। 

images
images

सेयर बजारमा यो साता पाँच दिनको कारोबारमा १४५.०९ अंकको गिरावट देखियो। जसले बजेटपछि बजार थामिने आशमा रहेका लगानीकर्ता निराश भएका छन्। गएको आइतबार संसदमा बजेट प्रस्तुत भयो। जसमा सेयर बजारको चाख लिइरहेकाहरूले खास सम्बोधन पाएनन्। त्यसले गर्दा पनि सोमबारदेखि नै कारोबारले लिएको नयाँ बाटो अनिश्चित र आधारहीन देखिएको विश्लेषकहरू बताउँछन्। 

सेयर बजारको घट्दो ट्रेण्डले अघिल्लो बुलको १८०० कै बिन्दु पछ्याउन थालेको विश्लेषण हुन थालेको छ। नेप्से परिसूचक गत भदौ ३ गते ३ हजार २ सयभन्दा माथि पुगेर उच्च बिन्दु बनाएको थियो। त्यसयता केही समयको उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ। उतारचढावको अवस्थालाई हेरेर बजारमा करेक्सन भनिरहेकाहरू पनि अहिले वियरिस ट्रेन्डमा नै गएको बताइरहेका छन्।

आर्थिक  वर्ष २०७९/८० को बजेटमा बजारको अवस्थालाई तत्काल परिवर्तन गराउन सक्ने गरी कुनै विषय नसमेटिनुले पनि लगानीकर्ता विश्वस्‍त हुन सकेका छैनन्। बजेटमा धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानूनी व्यवस्था मिलाउने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत सेयर आरक्षित गर्ने, वस्तु विनिमय बजार र यसका पूर्वाधार सञ्चालनमा ल्याउने तथा संस्थागत तथा सरकारी ऋणपत्रको दोस्रो बजार कारोबारलाई व्यवस्थित गरी ऋणपत्र बजारको विकास गर्ने जस्ता विषय समावेश भए पनि तत्कालका लागि ती अमूर्त देखिएका छन्। 

बजेटमा प्रष्ट सम्बोधन नभेटेका लगानीकर्ता अब मौद्रिक नीतिको पर्खाइमा रहेको विश्लेषकहरू बताउँछन्। मौद्रिक नीतिमार्फत सेयर धितोमा झनै कडाइ गर्ने संकेत देखिएकाले पनि विश्वस्त हुने आधार भने भेटिँदैन। अहिले बजार वियरिस ट्रेण्डमा भएकोले अझै कतिसम्म तल जान्छ भन्ने अनुमान गर्न विश्लेषकहरूले नै सकेका छैनन्।  


प्रकाशित : शुक्रबार, जेठ २० २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend