शनिबार, वैशाख १५ गते २०८१    
images
images

सिमेन्ट निर्यातका लागि भारतसँग अनुमति माग्दै सिमेन्ट उद्योग

निर्यात सम्भव होला?

images
images
images
सिमेन्ट निर्यातका लागि भारतसँग अनुमति माग्दै सिमेन्ट उद्योग
images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत सिमेन्ट निर्यातमा सहजता गरिदिने घोषणा गरेको छ।

images
images
images

सरकारले बजेटमार्फत सिमेन्ट निर्यातमा ८ प्रतिशत अनुदान दिने र सहजता गरिदिने घोषणा गरेपछि नेपाली सिमेन्ट उद्योगहरूले भारत सिमेन्ट निर्यातका लागि भारत सरकारसँग अनुमतिका लागि आवेदन दिन थालेका छन्।

images

व्यवसायीहरूले भारतीय गुणस्तर मापदण्ड आईएसआईका लागि आवेदन दिन थालेका छन्।

images

एक सिमेन्ट उद्योगीका अनुसार पहिले दुईवटा उद्योगले अनुमति लिएर बसेका थिए। केहीले ६-७ महिना अगाडि नै आवेदन दिएका थिए भने अहिले थप केही उद्योगले सिमेन्ट निर्यातका लागि भारतसँग अनुमति माग्दै आवेदन दिन थालेका छन्।

images
images

सिमेन्ट निर्यातका लागि अहिले उद्योगीहरूले भारतीय गुणस्तर मापदण्डको प्रमाण लिनका लागि आवेदन दिन थालेका हुन्। याे भनेको नेपालमा सिमेन्ट बिक्री वितरणका लागि एनएस प्रमाण पत्र लिए जस्तै हाे। 

यसका लागि अब सरकारले दिने अनुदान कसरी पाउने र कसरी सिमेन्ट निर्यात भन्ने विषयमा कार्यविधि बनाउने पर्ने छ। सरकारले कार्यविधि बनाएको अवस्थामा सिमेन्ट निर्यात गर्न सकिने व्यवसायीहरूको भनाइ छ।

तर नेपालमा पछिल्लो सयम ओपीसी सिमेन्टको उत्पादन बढी छ। भारतले ओपीसी सिमेन्ट आयात गर्दैन। भारतले पीपीसी सिमेन्टमात्रै आयात गर्छ। सोहीअनुसार व्यवसायीले सिमेन्ट निर्यातका लागि भारतीय गुणस्तरको प्रमाण पत्र लिनका लागि निवेदन दिएका हुन्।सिमेन्टमा आत्मनिर्भर भइरहेको नेपालमा यहाँ उत्पादित सिमेन्ट निर्यात गर्ने अवस्थामा समेत उद्योगहरू पुगिसकेका छन्। 

नेपालमा सञ्चालित सिमेन्ट उद्योगले स्थानीय बजारको माग पूरा गर्दै विदेशमा निर्यात गर्नसक्ने क्षमतामा पुगेको व्यवसायीहरू बताउँछन्। तर सरकारी नीतिका कारण सिमेन्ट निर्यात गर्न भने उद्योगी सक्षम थिएनन्। अब भने सरकारीले सिमेन्ट निर्यात गर्न सहजता गरिदिने बताएपछि उद्योगीहरूले तयारी थालेका हुन्।

बजारको मागअनुसारको उत्पादन मात्र होइन मागभन्दा धेरै क्षमतामा उत्पादन दिन सक्ने गरी उद्योग स्थापना भइसकेका छन्।

नेपालमा उद्योगको क्षमता बढेसँगै सिमेन्टमा आत्मनिर्भर हुनका लागिमात्र होइन निर्यातका लागिसमेत व्यवसायीहरूले चासो दिन थालेका थिए। व्यवसायीकै चासोलाई लिएर सरकारले सिमेन्ट निर्यातमा सहजता गरिदिने र ८ प्रतिशत अनुदान पनि दिने घोषणा गरेको छ। नेपालमा दुईवटा सरकारीसहित सिमेन्ट उत्पादन गर्ने ६० प्लान्ट छन्।

नेपाल सिमेन्ट उत्पादक संघका अनुसार स्वदेशी मागलाई धान्न सक्ने उत्पादन अहिले भइरहेको छ। संघका अनुसार देशको सिमेन्टको माग करिब १.३ करोड मेट्रिकटन छ। नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा सिमेन्टको उत्पादन क्षमता भने वार्षिक १.८ करोड मेट्रिकटन भन्दा माथि पुगेको छ। यसले सिमेन्टको मागको तुलनामा करिब ५ लाख बढी क्षमता रहेको देखाउँछ। नेपालमा सिमेन्टको माग वर्षमा १० प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ।

व्यवसायीहरूले नेपालबाट सिमेन्ट निर्यातका लागि आवश्यक काम गरिदिन सरकारसँग बारम्बार आग्रह गर्दै आएका थिए। व्यवसायीले नेपाल बजारमा माग नभएको समयमा उत्पादित सिमेन्ट छिमेकी मुलुक भारतमा निर्यात गर्न सकिने बताउँदै आएका थिए। तर सरकारी नीतिका कारण अहिलकै सम्म सिमेन्ट निर्यात गर्न सकिने अवस्था नरहेको व्यवसायीहरूको भनाइ छ। अब बजेटमा आएको विषय सम्बोधन भएको अवस्थामा सिमेन्ट निर्यात सम्भव हुने व्यवसायीहरूको भनाइ छ।

आन्तरिक बजारमा बिक्री गरेजस्तो हुँदैन निर्यात। निर्यातका लागि सहुलियत तथा सुविधा चाहिने व्यवसायीहरूकै माग अनुसार सरकारले अनुदान दिन घोषणा गरेको हो।  

सिमेन्टको निर्यात भएमा एकातिर स्वदेशमा उत्पादन बढ्ने र यसले रोजगारी बढाउने छ। अर्कोतिर विदेशी मुद्राको आम्दानी पनि थपिने छ। यसबाहेक नेपाली उपभोक्ताले पनि लाभ पाउने उद्योगीहरूको तर्क छ।  निर्यात हुन थालेमा उद्योगले क्षमता बढाउँछन्।

जति धेरै उत्पादन भयो त्यति नै प्रतियुनिट उत्पादन घट्दै जान्छ। प्रतियुनिट उत्पादन लागत घट्दै जाँदा नेपाली उपभोक्ताले पनि लाभ पाउँछन्। नेपाली बजारमा सिमेन्टको मूल्य घट्नु भनेको समग्रमा पूर्वाधार विकासको लागत पनि घट्नु हो। यसको लाभ राज्यले पनि लिने उद्योगीहरूको भनाइ छ। 

के भयो भने सिमेन्ट निर्यात सम्भव होला?

सिमेन्ट निर्यातको विषय नयाँ भने होइन। निर्यातका लागि सहज वातावरण बनाइदिन उद्योगीले बारम्बार सरकारसँग आग्रह गरिरहेका थिए। तर सरकारले व्यवसायीको माग पूरा गर्न कुनै चासो दिइएको छैन। अन्तत: आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले व्यवसायीको माग सम्बोधन गर्न लागेको हो। यसबाट सिमेन्ट निर्यात सम्भव भएको व्यवसायीहरू बताउँछन्।

नेपाली सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्टको लागत भारतीय सिमेन्टको भन्दा बढी छ। सरकारले सिमेन्ट उत्पादनको लागत कम हुने गरी नीतिमा पुनरावलोकन गर्न आवश्यक थियो। सोहीअनुसार सरकारले ८ प्रतिशत अनुदान दिन घोषणा गरेको हो।

सिमेन्टको लागत कम गर्नेगरी राज्यबाट सहयोग भएकै दिनबाट नेपाली उद्योगबाट उत्पादित सिमेन्ट निर्यातमा कुनै समस्या नरहेको व्यवसायीहरूकै भनाइ छ। अहिले छिमेकी मुलुक भारतमा एक बोरा सिमेन्ट उत्पादनमा जति लागत पर्छ त्योभन्दा नेपाली सिमेन्ट उत्पादन गर्ने उद्योगको सिमेन्टको लागत बढी छ।

images

प्रकाशित : शनिबार, जेठ २१ २०७९०९:०२

प्रतिक्रिया दिनुहोस