शुक्रबार, चैत १६ गते २०८०    
images
images

पूर्वअर्थमन्त्री पाण्डेले भनेजस्तै के एउटै कम्पनीको मात्र आउँछ १०० किलोवाटसम्मको विद्युतीय कार?

images
images
पूर्वअर्थमन्त्री पाण्डेले भनेजस्तै के एउटै कम्पनीको मात्र आउँछ १०० किलोवाटसम्मको विद्युतीय कार?

नेपाली बजारमा हाल आधा दर्जन ब्रान्डका करिब १ दर्जन विद्युतीय कार मोडल १ सय किलोवाटसम्मको मोटर क्षमताका उपलब्ध छन्। हुन्डाई, बीवाईडी, टाटा, दिगो, डेरीलगायत ब्रान्डका विद्युतीय कार १ सय किलोवाटसम्म क्षमताका आयात भइरहेको छ। 

images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत विद्युतीय कारमा भन्सार बढाए। १०० किलोवाटभन्दा बढीका मोटरमा भन्सार बढाइयो भने यसअघि हटाइएको अन्तःशुल्क पनि लगाइयो। 

images
images
images

विद्युतीय कारमा कर बढाइएको विषयमा आम मानिसका साथै सांसदहरूले समेत विरोध जनाएका छन्। प्रतिपक्षका सांसदलेमात्र नभइ सत्तापक्षका सांसदले समेत विद्युतीय कारमा लगाइएको कर फिर्ता लिन माग गरेका छन्। यसरी कर फिर्ताको माग गर्नु स्वभाविक हो। तर पूर्वमन्त्रीहरूले नै एउटा कम्पनीले मात्र १०० किलोवाटसम्मको विद्युतीय कार ल्याएको संसदमा बताए। उनीहरूको भनाइ थियो कि त्यही कम्पनीले चलखेर गरेर अर्थमन्त्रीलाई प्रभावमा पारेर त्यसभन्दा माथि कर बढाउन लगाइएको हो। 

images

सांसदहरूले भनेजस्तो नेपालमा १०० किलोवाटको विद्युतीय कार एउटा कम्पनीको मात्र आयात हुँदैन। ५ वटा कम्पनीका विभिन्न मोेडलका विद्युतीय कार १०० किलोवाटभन्दा कम मोटर पावरमा नेपाली बजारमा उपलब्ध छन्। त्यस्तैगरि विभिन्न ब्रान्डका सानो विद्युतीय कारसमेत नेपाली बजारमा आउने निश्चित भएको छ। यी ब्रान्डका कार पनि १०० किलोवाटभन्दा कम मोटर क्षमतामै आउने निश्चित छ। 

images
images

नेपाली बजारमा हाल आधा दर्जन ब्रान्डका करिब १ दर्जन विद्युतीय कार मोडल १०० किलोवाटसम्मको मोटर क्षमताका उपलब्ध रहेका छन्। हुन्डाई, बीवाईडी, टाटा, दिगो, डेरीलगायत ब्रान्डका विद्युतीय कार १०० किलोवाटसम्म क्षमताका आयात भइरहेको छ। 

तर आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने क्रममा पूर्वअर्थमन्त्री तथा प्रतिपक्ष दल एमाले नेता सुरेन्द्र पाण्डेले १०० किलोवाटभन्दा बढीका कारमा मात्र अन्तःशुल्क बढाइएको बताए। ‘एक सय किलोवाटसम्मका कार कुन कम्पनीले ल्याउँछन् भनेर मैले यसो हेरेको त्यो टाटा कम्पपनीको मात्र रहेछ। यसरी विद्युतीय सवारीको प्रयोगलाई बढाउने पनि भन्ने अनि कर पनि बढाउने गरेपछि दुई कुराबीच मेल खान्छ र?,’ उनले अगाडि भने, ‘यसरी निश्चित कम्पनीलाई मात्र फाइदा हुनेगरि कर बढाइएको रहेछ।’ 

पाण्डे पूर्वअर्थमन्त्रीसमेत हुन्। उनले यसरी हचुवाका भरमा संसदमा कुनै एक कम्पनीकोमात्र नाम लिएर गलत सूचना प्रवाह गरिरहेका छन्। सामान्य ढंगले सोधीखोजी गर्ने हो भने पनि र गुगल मात्र गर्दा समेत कुन कुन कम्पनीका १०० किलोवाटसम्मका कार उपलब्ध छ भन्ने भेट्न गाह्रो छैन। निश्चित कम्पनीलाई आरोप वा लान्छना लगाउने गरि भन्नुभन्दा अध्ययन गरेर त्यसमा दिनुपर्ने एक व्यवसायीले बताए।  

सांसद पाण्डेमात्र होइन सत्तापक्षका अर्का नेता तथा पूर्वमन्त्री मोहमद इस्तियाक राईले समेत संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्दै एउटा मात्र कम्पनीलाई फाइदा हुने गरि कर बढाइएको बताए। उनले कम्पनीको नाम इंगित नगरेपनि सुरेन्द्र पाण्डेकै आशय व्यक्त गरेका थिए। त्यस्तै संसदमा बजेटमाथि छलफल गर्ने अन्य सांसदहरूले पनि विद्युतीय कारमा लगाइएको करबारे प्रश्न गरेका थिए। 

बरु सांसदहरूले नउठाएको महत्वपूर्ण मुद्दा भने अर्को छ। सरकारले भन्सार तथा अन्त:शुल्क बढाएपछि अहिले नेपालमा बिक्री भइरहेका दुईवटा कम्पनीका कार भने धेरै प्रभावित हुने भएका छन्। हाल नेपाली बजारमा सबैभन्दा धेरै विद्युतीय कार बिक्री गर्ने एमजीको कार प्रभावित हुने छ। एमजीले नेपालमा एउटा मात्र मोडलको जेडएस इभी बिक्री गर्दै आएको छ। यही कारमा बढेको कर लागू हुने छ। त्यस्तै कियाले नेपालमा निरो बिक्री गर्छ। यो पनि कर थपिनेमै पर्छ।

यी हुन् बजेटमा कर बढ्नुपूर्व नेपाली बजारमा उपलब्ध १०० किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कार : 

 
विद्युतीय कार               मोटर पावर 

हुन्डाईको कोना इभी        १०० किलोवाट

बीवाईडी इ ६                 ७० किलोवाट

टाटा नेक्सन इभी              १०० किलोवाट

निटा भी (सार्वजनिक हुँदै)   ७० किलोवाट

दिगोको इ ८                    १५ किलोवाट

डेरी इभी ७                    १५ किलोवाट

बीवाईडी एम३                १०० किलोवाट

विलिङ मिनि (आउँदै)       २० किलोवाट

 

images

प्रकाशित : बिहीबार , जेठ १९ २०७९११:२६

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ