बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सेयर बजारमा देखिएन थामिने आधार, चार दिनमै १११ अंकको गिरावट

बिहीबार , जेठ १९ २०७९
सेयर बजारमा देखिएन थामिने आधार, चार दिनमै १११ अंकको गिरावट

काठमाडौं- सेयर बजारमा यो साता कारोबारको चार दिन लगातार बजार घटिरहेको छ। नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत भएपछि बढ्ने अपेक्षा गरिएको बजारमा कुनै प्रभाव देखिएको छैन। जसले बजारको घट‍्दो ट्रेन्ड कहाँ रोकिन्छ भन्‍ने यकिन आधारसमेत देखिँदैन। 

सोमबार ५०.३३ अंकले घटेको बजार मंगलबार ३५.५३ अंकले घटेको थियो। बुधबार ७.२१ अंकले घटेर २१३०.७१ बिन्दुमा झरेको बजार बिहीबार पुन: घटेको हो।

बिहीबार १८.२६ अंकले घटेर बजार २११२.४७ बिन्दुमा झरेको छ। जसले बजारमा यो साता चार दिनको कारोबारमा १११.३३ अंकले घटेको छ। बिहीबार कारोबार रकममा पनि खास सुधार हुन सकेन। बिहीबार १ अर्ब १६ करोड रुपैयाँको मात्र कारोबार भएको छ। 

मौद्रिक नीतिमार्फत सेयर धितोमा झनै कडाइ गर्ने संकेत गरेसँगै नेप्सेमा भारी गिरावट आइरहेको छ। अहिले बजार वियरिस ट्रेण्डमा भएकोले अझै कतिसम्म तल जान्छ भन्ने अनुमान गर्न विश्लेषकहरूले नै सकेका छैनन्।  

मौद्रिक नीतिमा अघिल्लो पटक ल्याइएको ४/१२ को सीमा कायम राखिएको थियो। आगामी वर्षको मौद्रिक नीतिमा पनि सोही व्यवस्था कायम हुने संकते गरेसँगै लगानीकर्ता त्रसित भएसँगै सेयर बजार झनै ओरालो लाग्ने संकेत देखिएको छ। सोही कारण लगानीकर्ताहरु मनोवैज्ञानिक त्रासमा पुग्दा सेयर बजार लगातार घटिरहेको छ। 

पुँजीगत लाभकर घट्ने आशा तथा अन्य नियमनको विषय पनि सम्बोधनको आशामा लगानीकर्ता रहेका थिए। कुनै पनि विषय सम्बोधन नभएपछि सेयर बजार झनै ओरालो लागिरहेको हो। अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारको विषयमा खासै प्रभावकारी कार्यक्रम नल्याएको लगानीकर्ताको बुझाइ छ।


प्रकाशित : बिहीबार , जेठ १९ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend