शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

१९७ तोला चाँदीसहित पक्राउ

images
बिजनेस न्युज
images
images
१९७ तोला चाँदीसहित पक्राउ
images
images

चितवन- १ सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ स्थायी घर भई गैँडाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय कुमार विक छन्।

images
images
images

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनलाई भरतपुर महानगरपालिका–११ स्थित भोजाड–पदमपुर सडकखण्डबाट पक्राउ गरिएको हो।

images

उनलाई दुई लाख २८ हजार १९७ बराबरको बिनाबिलको चाँदीका गरगहनासहित नियन्त्रणमा लिइएको हो। विकको साथबाट प्रदेश०३–००२प ७०६६ नंको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए। पक्राउ परेका उनलाई बुधबार आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको प्रहरीले जनाएको छ।  

images

images

प्रकाशित : बिहीबार , जेठ १९ २०७९०७:१५
प्रतिक्रिया दिनुहोस