शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

भारततर्फ बिजुली निर्यात थालियो, ४०० मेगावाटसम्म बिक्री गरिने

images
बिहीबार , जेठ १९ २०७९
images
images
भारततर्फ बिजुली निर्यात थालियो, ४०० मेगावाटसम्म बिक्री गरिने

निर्यातमा ९१ पटक मूल्य फेरवदल हुने भएको कति मूल्य पर्छ भन्ने हिसाब नआउनेसमेत भट्टराइले जानकारी दिए। 

images
images

काठमाडौं- नेपालले पुन: भारततर्फ बिजुली निर्यात गर्न थालेको छ। बुधबार रातीबाट नेपालले ३९ मेगावाट बिजुली भारतमा बिक्री गर्न थालेको हो।

images
images
images

निकट भविष्यमै थप ४०० मेगावाट बिजुली भारतीय एक्सचेन्ज मार्केटमा निर्यात गरिने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए। निर्यातमा ९१ पटक मूल्य फेरवदल हुने भएको कति मूल्य पर्छ भन्ने हिसाब नआउनेसमेत भट्टराइले जानकारी दिए। 

नुवाकोटमा संचालित त्रिशुली २३.२८ मेगावाट र देवीघाट १४.५५ मेगावाट विद्युत निकासी थालिएको हो। नेपालको आन्तरिक उत्पादन बढ्न थालेपछि उद्योगहरुमा समेत सहज भएको छ। केही समय अगाडिसम्म भारतमा उर्जासंकट भएपछि नेपालमा पनि समस्या आएको थियो।

images

उक्त बिजुली ढल्केबर मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रशारणलाइन मार्फत विद्युत पठाइएको छ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि १२ बजेसम्म इनर्जी बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्नेछ। 

images

वर्षात नियमितसँगै भारतबाट बिजुली आयात बन्द भएको छ। अहिले १४ सय मेगावाट बिजुली उत्पादन भइसकेको र अब केही दिनपछि झनै बढ्दै जानेसमेत प्रवक्ता भट्टराईले जानकारी दिए। चैत र बैशाखमा भारतमा ऊर्जासंकट भएपछि नेपालमा विद्युत आयातमा समस्या आएको थियो। जसका कारण उद्योगहरूमा लोडसेडिङको अवस्था आएको थियो। प्राधिकरणले भारतबाट आयात गरेको बिजुली विशेषत उद्योगीलाई दिँदै आएको छ। नेपाल विद्युत प्राधिकरणले भारतमा ऊर्जासंकट भएपछि २० भारतीय रूपैयाँमा बिजुली खरिद गरेको थियो। जसको नेपाल आइपुग्दा प्रतियुनिट मूल्य ३८ रूपैयाँ खर्च भएको थियो।

भारतीय ऊर्जा आयोगले महँगो भएपछि हस्तक्षेप गरेर १२ रुपैयाँ भारु तोकेको थियो। चरम ऊर्जा संकटपछि बिजुली महँगो भएपछि गत महिना पनि भारतबाट आयात हुने बिजुली रोकिएको थियो। जसका कारण उद्योगहरूमा बिजुली आपूर्ति असहज भएको थियो भने कतिपय उद्योगहरूमा त बिजुली नै रोकिएको थियो। यसैले समस्या समाधानका लागि प्राधिकरणले महँगोमा नै भए पनि बिजुली खरिद गरेको थियो। भारतमा पुनः ऊर्जासंकट भएपछि नेपालमा बिजुली आयात रोकिएको थियो।  

गत भदौ असोजमा ४ सय मेगावाट बिजुली खेर गएको थियो। असारको सुरुवातमा नेपालको २२ सय मेगावाट उत्पादन हुनेछ। गत वर्ष भारतबाट ८ सय मेगावाट बिजुली उत्पादन आयात गरिएकोमा तामाकोशी आएपछि आयात ३ सय मेगावाटमा झरेको थियो। 

नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरिसकेको छ।

प्राधिकरणले टेण्डर आह्वान गर्दै नेपालका जलविद्युत आयोजनाहरूबाट उत्पादित २०० मेगावाट विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरूसँग प्रस्ताव माग गरेको हो। प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएको विद्युत पाँच महिना अर्थात १७ असारदेखि २९ कात्तिक २०७९ सम्म बिक्री गर्ने छ।


प्रकाशित : बिहीबार , जेठ १९ २०७९०५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend