बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा जाने निश्चित, स्वाप रेसियो कति?

बिहीबार , जेठ १९ २०७९
इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा जाने निश्चित, स्वाप रेसियो कति?

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरको अन्तिम तयारी भएको छ। दुई बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर हुन लगोको हो।

मेगा बैंकका सेयर धनीको १०० कित्ता सेयर हुँदा मर्जपछि ९० कित्ता हुनेगरी अनौपचारिक सहमती भएको हो। दुई बैंक मर्ज भएपछि चुक्तापुँजी ३२ अर्ब ८० करोड रुपैयाँ हुनेछ। नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड चुक्ता पुँजी रहेको छ। मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ।

मर्जरपछि बन्ने बैंकको चुक्तापुँजी स्वाप रेसियोबाट आउने पैसाले दिने लाभांशले बैंकको चुक्तापुँजी मात्र ३४ अर्बभन्दा बढी हुने छ। दुवै बैंकको सञ्चालक समितिले अबको दुई हप्ता भित्रै सम्झौताको तयारी गरेका छन्। 

दोस्रो बजारमा मेगा बैंकको सेयर मूल्य प्रतिकित्ता २३४ रुपैयाँ छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य भने घटेर ३०७ रुपैयाँमा झरेको छ।


प्रकाशित : बिहीबार , जेठ १९ २०७९०४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend