शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सेयरबजार १७ महिनयताकै न्युन बिन्दुमा, वियरिस ‘ट्रेण्ड’को त्रासले लगानीकर्ता धमाधम बाहिरिँदै

images
बिहीबार , जेठ १९ २०७९
images
सेयरबजार १७ महिनयताकै न्युन बिन्दुमा, वियरिस ‘ट्रेण्ड’को त्रासले लगानीकर्ता धमाधम बाहिरिँदै

बैंकहरुले पछिल्लो एक सातामा ४ अर्ब ऋण प्रवाह समेत गरेका छन्। बैंकमा निक्षेप आउन थालेपछि वाणिज्य बैंकहरुले ऋण प्रवाह समेत बढाएका छन्। 

images
images

काठमाडौं- सेयर बजारको घट्नेक्रम रोकिएको छैन। अझै कतिसम्म ओर्लिन्छ भन्ने आंकलन विश्लेषकहरुले गर्न सकेका छैनन्। बुधबार पनि घटेको सेयर बजार १७ महिना याताकै न्युन बिन्दुमा झरेको छ। 

images
images
images

संसदमा बजेट प्रस्तुत भएपछि लगातार घटिरहेको सेयर बजार बुधाबार पनि रोकिएन। सोमबार र मंगलबार भारी अंकले घटेको सेयर बजार बुधबार भने एकोहोरो अंकले घटेको छ। बजेटपछिको तीन दिनमै सेयर बजार ९३ अंकले घटेको छ। मौद्रिक नीतिमार्फत सेयर धितोमा झनै कडाइ गर्ने संकेत गरेसँगै नेप्सेमा भारी गिरावट आइरहेको छ।

images
images

बुधबार नेप्से ७.२१ अंकले घटेर २१३०.७१ बिन्दुमा झरेको छ। बुधबार कारोबार रकम १ अर्ब ७ करोड रुपैयाँमा सीमित भएको छ। यो बिन्दु उच्चबाट १०६९ अंकले घटेको छ। गत भदौमा सेयर बजार हालसम्मकै उच्च ३१९९ सम्म पुगेको थियो भने कारोबार रकम दैनिक २२ अबैसम्म पुगेको थियो। 

images
images

अहिले कारोबार रकम पनि १ अर्बमा खुम्चिएको छ। जुन २१ अर्बले कमी हो। अहिले बजार वियरिस ट्रेण्डमा भएकोले अझै कतिसम्म तल जान्छ भन्ने अनुमान गर्न विश्लेषकहरुले नै सकेका छैनन्।  

उक्त बिन्दु १७ महिनाकै न्युनमा आइपुगेपछि लगानीकर्ता आत्तिन पुगेका छन्। बजेटपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता निराश बन्दा मनोवैज्ञानिक दबाब देखिएको छ भने प्यानिक बनेका लगानीकर्ता सस्तो मूल्यमा सेयर बेचेर बाहिरिन थालेका छन्।

सोमबार ५०.३३ अंकको गिरावट आएको थियो भने मंगलबार पनि ३५.५३ अंकले सेयर बजारमा गिरावट आएर २१३७.९२ बिन्दुमा आइपुगेको थियो। मंगलबार १ अर्ब ३१ करोड रुपैयाँको कारोबार हुँदा ३७ लाख ६९ हजार कित्ता कारोबार भएको थियो। 

मौद्रिक नीतिमा अघिल्लो पटक ल्याइएको ४/१२ को सीमा कायम राखिएको थियो। आगामी वर्षको मौद्रिक नीतिमा पनि सोही व्यवस्था कायम हुने संकते गरेसँगै लगानीकर्ता त्रसित भएसँगै सेयर बजार झनै ओरालो लाग्ने संकेत देखिएको छ। सोही कारण लगानीकर्ताहरु मनोवैज्ञानिक त्रासमा पुग्दा सेयर बजार लगातार घटिरहेको छ। 

पुँजीगत लाभकर घट्ने आशा तथा अन्य नियमनको विषय पनि सम्बोधनको आशामा लगानीकर्ता रहेका थिए। कुनै पनि विषय सम्बोधन नभएपछि सेयर बजार झनै ओरालो लाग्ने संकेत देखिएको छ। यता नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिमा खासै फुकुलो नीति नलिने संकेत दिइसकेको छ। जसका कारण सेयर बजार अझै तल जाने संकेतमा लगानीकर्ताहरु दोस्रो बजारबाट बाहिरन सक्ने देखिएको छ। 

अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारको विषयमा खासै प्रभावकारी कार्यक्रम नल्याएको लगानीकर्ताको बुझाई छ।

कतिपयले बजेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन् भने कतिपयले सेयर बजारसम्बन्धि कुनै कार्यक्रम नै नआएको प्रतिक्रिया दिएका छन्। पुँजी बजारलाई समेट्ने गरी कुनै नीतिगत निर्णय हुन नसक्दा लगानीकर्ता निराश बन्न पुगेका छन्, त्यसको असर पनि बजारमा देखिएको हो। बजारमा आएको निरन्तर गिरावटले लगानीकर्ता प्यानिक सेल गर्न बाध्य भएपछि कारोबार रकम पनि खुम्चिएको छ।  

बैंकको फर्किएको निक्षेपले पनि साथ दिएन बजारलाई 

चुनाव सकिएको दुई हप्तापछि बैंकमा पैसा फर्किन थालेको छ। तर पनि लगानीकर्ता त्रासमै हुदाँ सेयर बजार बढ्न सकेको छैन। गत जेठको ६ गतेसम्म बैंकहरुमा निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा जेठको १३ सम्मको एक सातामै ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। एक सातामै ६ अर्ब निक्षेप थपिनुले चुनावपछि बैंकमा पैसा फर्किन थालेको अनुमान गरिएको छ।

गत बैशाख ३० सम्म ४१ खर्ब ७० अर्ब निक्षेप रहेकोमा जेठ १३ सम्म आइपुग्दा ४१ खर्ब ८३ अर्ब निक्षेप पुगेको छ। गत बैशाख ३० गते सम्पन्न चुनावपछि बैंकहरुमा १३ अर्ब निक्षेप थपिएको छ भने ७ अर्ब ऋण प्रवाह भएको छ। चुनावअघि बैंकहरुका झन्डै १६ अर्बभन्दा बढी निक्षेप झिकिएको थियो। उक्त निक्षेप अझै फर्किएको छैन। यता बैंकहरुले पछिल्लो एक सातामा ४ अर्ब ऋण प्रवाह समेत गरेका छन्। बैंकमा निक्षेप आउन थालेपछि वाणिज्य बैंकहरुले ऋण प्रवाह समेत बढाएका छन्। 

गत जेठ ६ गतेसम्म ४१ खर्ब ९४ अर्ब रहेकोमा जेठ १३ सम्म ४१ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ। बैशाख यता डलरमा आउने निक्षेप ठप्प भएको छ। बैंकहरुको सीडी रेसिडो ९०.४१ प्रतिशतमा पुगेको छ। राष्ट्र बैंकले ९० प्रतिशत राख्न पटक पटक निर्देशन दिएपनि बैंकहरुले सीडी रेसियो ९० प्रतिशतमा राख्न सकेका छैनन्।


प्रकाशित : बिहीबार , जेठ १९ २०७९००:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend