शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

दुई वर्षभित्र देशभरका होटलमा प्लास्टिकजन्य समाग्री बन्द गरिने

images
बुधबार, जेठ १८ २०७९
images
दुई वर्षभित्र देशभरका होटलमा प्लास्टिकजन्य समाग्री बन्द गरिने
images
images

काठमाडौं- होटल संघ नेपालले प्लास्टिकरहित सेवा अभियान सुरु गरेको छ। संघले जलवायु परिवर्तन र वातावरण प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यले बुधबारबाट यो अभियान सुरु गरेको हो। आउँदो दुई वर्षभित्र मुलुकभरका होटलमा प्लास्टिकजन्य सामग्रीको प्रयोग बन्द गर्ने संघका अध्यक्ष सिर्जना राणाले बताइन्। 

images
images
images

'कार्बनडाइअक्साइड उत्सर्जनका कारण वातावरण प्रदूषण भइरहेको छ। नेपालको परिप्रेक्षमा हिमताल पग्लने, हिम पहिरो आउनेलगायत वातावरणीय प्रभाव परिरहेको छ। सिंगल युज प्लास्टिक प्रयोग सजिलो छ तर यसको प्रभाव निकै नकारात्मक छ,’ अध्यक्ष राणाले भनिन्। 

images
images

संघका अनुसार मुलुकमा ३० लाख प्लास्टिक बोटल प्रयोग भइहेका छन्। दैनिक ६० करोड प्लास्टिक खपत भइरहेको संघले जनाएको छ। आउने पुस्ताको हितका लागि यो अभियान सुरु गरिएको राणाले बताइन्। 

images
images

'हामीले गर्न सक्ने काम अगाडि बढाएका हौं। कोभिडको समयमा कामविहीन अवस्थामा सुरु गरिएको यो अवधारणा प्रयोग गरेर फालिने प्लास्टिकका बोटलको प्रयोग बन्द गर्नेछौँ। यो निस्वार्थ सेवा हो,’ संघका वरिष्ठ अध्यक्ष विनायक शाहले भने।

संघले सुरु गरेको अभियान सहरानीय रहेको काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले बताइन्। होटलमा प्रयोग हुने ब्रस, काइयो, पानीको बोटललगायत अधिकांश सामग्री प्लास्टिकको हुने र प्लास्टिकरहित सामग्री प्रयोगले वातावरण स्वच्छ बनाउन महत्वपूर्ण योगदान पुग्ने डंगोलले बताइन्। 

'होटलबाट सुरु भएको अभियान घर घरमा पनि लागु भयो भने अझै राम्रो हुने देखिन्छ। काठमाडौं महानगरपालिकाको मुख्य उद्देश्य फोहोर व्यवस्थापन हो। ७५ प्रतिशत फोहोर घरमै व्यवस्थापन गर्न सकिन्छ। बाँकी प्लास्टिकजन्य पदार्थ व्यवस्थापनका लागि रिसाइकल गर्न सकिन्छ,’ उपमेयर डंगोलले भनिन्।

यो अभियानका लागि नेपाल पर्यटन विभाग सहकार्य गर्न तयार रहेको महानिर्देशक तारानाथ अधिकारीले बताए। यसका लागि प्लास्टिकजन्य सामग्रीको विकल्पमा ग्रामिण तथा घरेलु उद्योगमा उत्पादन गरिएको सामग्री प्रयोग गर्न आवश्यक रहेको उनले बताए।


प्रकाशित : बुधबार, जेठ १८ २०७९१२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend