काठमाडौं- वायुसेवा संञ्चालक संघले हेलिकप्टरमा दुई पाइलट राखेर उडान असम्भव भएको ठहर गरेको छ। एक इन्जिन भएका हेलिकप्टरहरुमा २ जना पाईलट अनिवार्य राख्नु पर्ने व्यवस्थाका सम्बन्धमा उत्पादनकर्ताको डिजाइन उद्देश्य र अन्तर्राष्ट्रिय प्रचलन प्रतिकुलको व्यवस्थालाई प्राधिकरणले पुनर्विचार गर्नुपर्ने उनीहरुकाे माग छ।
नेपालमा संचालनमा रहेका एक इन्जिन हेलिकप्टरहरु उत्पादक कम्पनी र सम्बन्धित देशका नियामक निकायबाट एकल चालक संचालकका लागि स्वीकृत प्राप्त वायुयान रहेकोसमेत विज्ञप्ती मार्फछ संघले जनाएको छ।
सम्पूर्ण पूर्वाधारहरुको उपलब्धता नभइ यस किसिमका निर्णयहरु कार्यान्वयन गर्न समस्या हुने समेत संघले ठहर गरेको छ।