बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बजेटपछि लगातार घटेर सेयर बजार २००० बिन्दु नजिक, लगानीकर्ता किन त्रसित भए?

बुधबार, जेठ १८ २०७९
बजेटपछि लगातार घटेर सेयर बजार २००० बिन्दु नजिक, लगानीकर्ता किन त्रसित भए?

काठमाडौं- संसदमा बजेट प्रस्तुत भएपछि लगातार घटिरहेको सेयर बजार बुधाबार पनि रोकिएन। सोमबार र मंगलबार भारी अंकले घटेको सेयर बजार बुधबार भने एकोहोरो अंकले घटेको छ। 

बजेटपछिको तीन दिनमै सेयर बजार ९३ अंकले घटेको छ। मौद्रिक नीतिमार्फत सेयर धितोमा झनै कडाइ गर्ने संकेत गरेसँगै नेप्सेमा भारी गिरावट आइरहेको छ।

बुधबार नेप्से ७.२१ अंकले घटेर २१३०.७१ बिन्दुमा झरेको छ। बुधबार कारोबार रकम १ अर्ब ७ करोड रुपैयाँमा सीमित भएको छ।

सोमबार ५०.३३ अंकको गिरावट आएको थियो। मंगलबार पनि ३५.५३ अंकले सेयर बजारमा गिरावट आएर २१३७.९२ बिन्दुमा आइपुगेको थियो। मंगलबार १ अर्ब ३१ करोड रुपैयाँको कारोबार हुँदा ३७ लाख ६९ हजार कित्ता कारोबार भएको थियो। 

मौद्रिक नीतिमा अघिल्लो पटक ल्याइएको ४ र १२ को सीमा कायम राखिएको थियो। आगामी वर्षको मौद्रिक नीतिमा पनि सोही व्यवस्था कायम हुने संकते गरेसँगै लगानीकर्ता त्रसित भएसँगै सेयर बजार झनै ओरालो लाग्ने संकेत देखिएको छ। सोही कारण लगानीकर्ताहरु मनोवैज्ञानिक त्रासमा पुग्दा सेयर बजार लगातार घटिरहेको छ। 

साताको पहिलो कारोबारमा सोमबार बजार ५०.३३८ अंकले घटेर २१७३.४४ बिन्दुमा झरेको थियो। कारोबार रकममा पनि खास सुधार हुन नसकेको बजारमा सोमबार १ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको थियो। 

पुँजीगत लाभकर घट्ने आशा तथा अन्य नियमनको विषय पनि सम्बोधनको आशामा लगानीकर्ता रहेका थिए। कुनै पनि विषय सम्बोधन नभएपछि सेयर बजार झनै ओरालो लाग्ने संकेत देखिएको छ। यता नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिमा खासै फुकुलो नीति नलिने संकेत दिइसकेको छ। जसका कारण सेयर बजार अझै तल जाने संकेतमा लगानीकर्ताहरु दोस्रो बजारबाट बाहिरन सक्ने देखिएको छ। 

अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारको विषयमा खासै प्रभावकारी कार्यक्रम नल्याएको लगानीकर्ताको धारणा छ। कतिपयले बजेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन् भने कतिपयले सेयर बजारसम्बन्धि कुनै कार्यक्रम नै नआएको प्रतिक्रिया दिएका छन्।


प्रकाशित : बुधबार, जेठ १८ २०७९०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend